मिस्टर माछापुछ्रेको उपाधि विनोदलाई

पोखरा, २० भदौ –

कास्की जिल्ला शारीरिक सुगठन तथा फिट्नेश सङ्घ पोखराद्वारा आयोजित पश्चिमाञ्चल क्षेत्रीयस्तरको खुल्ला शारीरिक सुगठन प्रतियोगिताको ७५ केजीभन्दा माथि तौलका हेभिवेटमा पाल्पाका विनोद बज्राचार्य मिस्टर माछापुछ्रे च्याम्पियन भएका छन् ।

प्रतियोगतामा कपिलवस्तुका सुरेन्द्रप्रसाद बर्मा, कास्कीका कमल भण्डारी र मनोज केसी तथा रुपन्देहीका ताराबहादुर थापा र कृष्णप्रसाद श्रेष्ठलाई पछि पार्दै विनोदले उपाधि प्राप्त गरेका हुन् । उनले उपाधिसहित ट्रफी, नगद ५० हजार र अन्य गिफ्टहरु पुरस्कार प्राप्त गरेका छन् ।

यही भदौ १७ गतेदेखि पोखरामा सञ्चालित उक्त प्रतियोगितामा यस क्षेत्रका ६ जिल्लाका ६५ जना खेलाडीको सहभागिता थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button