‘मनकामना डान्स आइडल सिजन–२’ हुने

पोखरा, २२ भदौ –

स्याङ्जाको मनकामना मितेरी युवा कल्ब मनकामना–१, गहतेको आयोजनामा ‘मनकामना डान्स आइडल सिजन–२’ हुने भएको छ ।

‘‘ऐतिहासिक मनकामना डान्स आइडलको अभियान, स्थानिय नृत्य प्रतियोगिताको शानदार पहिचान’’ भन्ने नाराका साथ दोस्रो संस्करण गर्न लागिएको पोखरामा बुधवार उदिम मिडिया प्रालिको व्यवस्थापनमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष ङान गुरुङले बताए।

अध्यक्ष गुरुङले कला संस्कृतीको जगेर्ना, नव प्रतिभाको खोजी, प्रतिभाको सम्मान र प्रतियोगीको पहिचान गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार आइडलको पहिलो अडिसन असोज १६ गते पोखराको रानीपौवास्थित अनुशिलन कला पाठशालामा बिहान १० बजेदेखी सुरु हुनेछ । दोस्रो अडिसन वालिङ नगरपालिका वडा नं. ८ रामबाच्छास्थित तमु समाज भवन स्याङजामा असोज १७ गते बिहान १० बजे हुनेछ भने अन्तिम अडिसन असोज २८ गते कुसुम भञ्ज्याङ स्याङ्जामा हुनेछ । फाइनल प्रतिस्पर्धा मनकामना डाँडामा असोज २९ र ३० गते हुनेछ ।

manakamana dance idol 2

प्रतियोगिहरुका लागि भदौ २३ गतेबाट विभिन्न ठाउँमा फारम वितरण भइरहेको छ । पोखरामा अनुशिलन कला पाठशाला, रानीपौवा, पोखराको नयाँ बजारस्थित उदिम मिडिया प्रालि, एम्स ग्लोबल एजुकेशन कन्सलटेन्सी, महेन्द्रपुल, स्याङ्जा वालिङमा मनाकामना इलोक्ट्रोनिक र स्याङ्जा बजारमा स्वस्थिका होम डेकोरेसनमा पाइनेछ ।

क्लबका सचिव शेरबहादुर गुरुङका अनुसार प्रतियोगितामा व्यक्तिगत तथा संस्थागत भाग लिन पाइनेछ तर सामुहिक नभइ एकल÷एकल हुनुपर्नेछ । प्रतियोगीले आवश्यक सामाग्री ‐गीत, भेषभुषा तथा श्रृङगार) हरु स्वयंम् व्यवस्था गर्नुपर्नेछ । नेपाली जातजातीको भाषा बाहेक विदेशी भाषाको गीत प्रस्तुत गर्न पाइने छैन भने आवेदन फारम शुल्क २ सय लाग्नेछ ।

‘मनकामना डान्स आइडल– सिजन २’ जित्नेले २० हजार रुपैंया पुरस्कारका साथै, ट्रफी र प्रमाणपत्रका साथै हङकङको साँगितिक भ्रमण अवसार पाउनेछ । दोस्रो हुनेले, १२ हजार, प्रमाणपत्र तथा तेस्रो हुनेले ८ हजार, प्रमाणपत्र पुरस्कार पाउनेछ भने सान्त्वना पुरस्कार आकर्षक गिफ्ट ह्याम्पर तथा प्रमाणपत्र रहेको क्लबका कोषाध्यक्ष देबराज गुरुङले बताए । तीनै जना विजेतालाई ६ महिनाको विधागत निःशुल्क नृत्य तालिमका साथै म्युजिक भिडियो र चलचित्रमा खेल्ने अबसर दिइनेछ ।

मनकामना–१, गहते स्याङजा घर भइ हाल यूके बस्ने खिम बहादुर गुरुङले प्रथम पुरस्कार प्रयोजन गरेका छन् । प्रतियोगिताको मुल आयोजक समिती मनकामना मितेरी युवा क्लव, आयोजक लालिगुराँस आमा समूह सहआयोजक मनकामना मन्दिर व्यवस्थापन समिति रहेको छ । यस्तै अफिसियल मिडिया उदिम मिडियाद्धारा सञ्चालित पोखराप्लस डट कम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button