पोखरामा फिर्के खोलाले मोटरसाइकल वगाउदा एकजना बेपत्ता

पोखरा २३, भदौ-

पोखराको बुलौदी हुदै बग्ने  फिर्के खोलाले मोटरसाइकल बगाउदा एक जना बेपत्ता भएका छन ।

बुधबार (हिजो) साझ परेको  भारी बर्षाको कारण उर्लिएको खोलाले मोटरसाइकलमा सवार  उनलाई मोटरसाइकल सहित राती करिब ११ बजे बगाएको हो । ग ६ प ७९२ नम्बरको निलो रङको  पल्सर मोटरसाइकल  विहिवार विहान फेला परेता पनि  उक्त मोटरसाइकलमा सवार ब्यक्ति को थिए भन्ने  नखुलेको कास्की प्रहरीले जनाएको छ ।

पोखराको मालपोत कार्यालय नजिकैबाट खोला पार गर्ने क्रममा मानिस सहित बगेको मोटरसाइकल  दुई सय पचास मिटर तल फेला पारिएको हो । मोटरसाइकलमा सवारको अबस्था भने अज्ञात रहेको र  उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 फाइल फोटो 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button