दोश्रो लक्ष्मण स्मृति फुलकन्ट्याक्ट शिनक्योकुशिन कराँते प्रतियोगिता पोखरामा सम्पन्न

पोखरा, २५ भदौ –

पोखराका कृष्ण पौडेल खुल्लातर्फ विजयी

दोश्रो लक्ष्मण स्मृति फुल कन्ट्याक्ट शिन क्योकुशिन कराँते प्रतियोगिता २०७३ मा पोखराका कृष्ण पौडेलले खुल्ला पुरुष तर्फको उपाधि जितेका छन ।

शनिबार पोखरा लेकसाइडको क्याम्पीङचोक स्थित खेल मैदानमा भएको फाईनलमा पौडेलले पोखराकै अरुण गुरुङलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन। गुरुङले रजत पदक पाउदा विनोद निरौलाले कास्य पदक जिते । त्यसै गरी ६० केजी तौल समुहमा सन्तोस कुमार गुरुङले स्वर्ण पदक जितेका छन भने ब्रजेस कसाजु श्रेष्ठले रजत र विकास भण्डारीले काँस्य पदक जितेका हुन ।

karate-2

प्रतियोगितामा पुरुषतर्फ उत्कृष्ट खेलाडी ५५ केजी तौल समुहका ईश्वर सुवेदी र महिला तर्फ उत्कृष्ट ५० केजी तौल समुहमा दोलखाकी रेजना दर्नाल घोषित भए । उनीहरुलाई राखेपका सदस्य सचिव केशवकुमार विष्ट र वक्सीङका पुर्व अन्तर्राष्ट्रिय खेलाडी पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले खेलाडीलाई हौसला स्वरुप ५-५ हजार नगद पुरस्कार वितरण गरेका हुन ।

karate-3

५० केजी कम तौल समुहमा पोखराका साजन तामाङले स्वर्ण, काठमाण्डौंका दिनेश लामाले रजत र बाराका ओम प्रकाश महतोले काँस्य पदक जितेका हुन । ५५ केजी कम तौल समुहमा पोखराका नविन शेर्पाले स्वर्ण पदक जित्दा मकवानपुरका विनोद थापाले रजत पदक हात पारे । मकवानपुरकै रोसन प्रजाले भने कास्य पदक हात पारे । ४० केजी कम तौल समुहमा काठमाण्डौका प्रविन लामाले स्वर्ण, बाराका आकास कुमारले रजत र बाराकै अभय राउतले कास्ँय पदक जितेका हुन ।

त्यसै गरी महिलातर्फ भएको खुल्ला तौल समुहमा काठमाण्डौंकी निसा वोहराले स्वर्ण पदक जितेकी छन । काठमाण्डौंकी अम्वीका भुजेलले प्रतियोगितामा रजत पदक हात पार्दा चितवनकी सृजना तामाङले काँस्य पदक जितेकी हुन ।

५० केजी कम तौल समुहमा मकवानपुरकी निर्मलाल्होले स्वर्ण, काठमाण्डौंकी किरण सुवेदीले रजत र मकवानपुरकी उसा मुक्तानले काँस्य पदक जितेकी हुन । उक्त अवसरमा विजयी खेलाडीहरुलाई राखेपले नगदको व्यावस्था गरेको थियो । स्वर्ण विजेतालाई ३ हजार, रजतलाई २ हजार र कास्यपदक विजेतालाई एक हजार पुरस्कार प्रदान गरेको छ । विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट, पर्यटन व्यवसायी गणेश बहादुर भट्टराई, स्वर्गीय लक्ष्मण श्रेष्ठका धर्म पत्नी सुस्मा श्रेष्ठ, कराँते महासंघका महासचिव हरीशरण केसी, नेपाल फुल कन्ट्याक कराँते महासंघका महासचिव विष्णुकान्त अर्याल, क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, शिनक्योकुशिन कराँते संघ पश्चिमाञ्चलका प्रमुख प्रशिक्षक असोक लामा (रुम्वा)लगायतले ट्रफि मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।

होटल दोनस्ती लेकसाइडको मुख्य प्रायोजनमा र शिनक्युकुशिन कराँत केन्द्रीय डोजो त्रिपुरेश्वर काठमाण्डौंको सह–प्रायोजनमा उक्त प्रतियोगिता पोखरामा सफलता पुर्वक सम्पन्न भएको खेल संयोजक श्रीकृष्ण श्रेष्ठले बताए । उक्त प्रतियोगिता सफल पार्न सहयोग गर्नु हुने प्रति उनले आभार समेत व्यक्त गरे ।

उक्त अवसरमा सागमा रजत पदक विजेता विन्दु पुन मगरलाई सम्मान गरीएको छ । त्यसै गरी मकवानपुर डोजोका प्रमुख किशोर श्रेष्ठ, बाराका प्रमुख राजकुमार महतो, शिनक्योकुशिन कराँते संघ पश्चिमाञ्चलका प्रमुख प्रशिक्षक असोक लामा (रुम्वा), संघका संस्थापकका श्रीमती सुस्मा श्रेष्ठलाई सम्मान पत्रको साथमा दोसला ओढाएर सम्मान गरीएको थियो ।

गणेश बहादुर भट्टराईको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा प्रतियोगिता आयोजक कमिटिका अध्यक्ष प्रेम बहादुर तामाङ, सचिव केबी लामा लगायतले वोलेका थिए । उद्घाटनको अवसरमा सानी वालीका आकृती तामाङले नृत्य प्रस्तुत गरेकी थिईन ।

प्रतियोगितामा २१ जिल्लाका एक सय ५५ जना खेलाडीहरु सहभागि भएको संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष कुमार श्रेष्ठले बताए । त्यसै गरी भारतको रक्सौलबाट १६ जना खेलाडीहरु आएको प्रशिक्षक लामाले बताए ।संघका संस्थापक अध्यक्ष लक्ष्मण कुमार श्रेष्ठको गत बर्ष निधन भएकोले उनको स्मृतिमा उक्त प्रतियोगिता संचालन भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button