पोखरामा मेगा एजुकेसन फेयर हुने

पोखरा, २६ भदौ –

वान अप इभेन्ट्स एण्ड मिडिया सोल्युसन्सको आयोजनामा भदौ २७ देखि २९ गतेसम्म पोखरामा ‘मेगा एजुकेसन फेयर’ आयोजना गरिने भएको छ ।

वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीलाई लक्षित गर्दै आयोजना हुन लागेको शैक्षिक मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलेज र विश्वविद्यालयले सहभागिता जनाउने भएका छन् ।

एउटै थलोबाट विद्यार्थीले थुप्रै कलेज तथा युनिभर्सिटीको बारेमा जानकारी लिन सक्ने र ‘वैदेशिक अध्ययनका लागि चाहना राख्ने विद्यार्थीका मेला निकै प्रभावकारी रहने वान अपका प्रमुख कार्यकारी अधिकृत रविशङ्कर झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बङ्गलादेश, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्यूजिल्यान्ड, अस्ट्रेलिया, आयरल्यान्ड, नर्वे, फिनल्यान्ड, मलेसिया, जर्मनी, रुस, डेनमार्कलगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुको सहभागिता हुनेछ ।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button