
पोखरा, २७ भदौ –
पर्यटनको स्पष्ट निती नभएकोले नेपालको पर्यटन विकास हुन नसकेको सोमबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन । नेपाल पर्यटन बोर्डले सोमबार पोखराका पत्रकाहरुसंगको छलफल कार्यक्रममा बोल्दै बोर्डका प्रतिनिधि तथा पत्रकारहरुले उक्त कुरा बताएका हुन ।
नेपाल पर्यटन बोर्डका जनसम्पर्क तथा प्रचार महाशाखाका निमिक्त निर्देशक सुनिल शर्माले नेपालको पर्यटन प्रबर्द्धन गर्नको लागि मुर्त रुप दिने गरी आउने कुनै पनि कार्यक्रमको लागि बोर्डले सहयोग गर्ने बताए । पर्यटनका सम्भावित क्षेत्रहरुको उजागर गर्दै नेपाली कला संस्कृतिको समेत संरक्षण गर्नुपर्ने उनले बताए ।बोर्डका मिडिया कन्सलटेण्ट सरद प्रधानले नेपाल पर्यटनबोर्ड भनेको सरकारको अंग भएकोले बोर्डको भन्दा पर्यटकीय क्षेत्रहरुको बढी प्रचार आवश्यक भएको बताए । भुकम्प र नाकाबन्दीले गर्दा खस्केको नेपालको पर्यटन क्षेत्रलाई अघि बढाउन आन्तरकि तथा बाह्ररिय पर्यटकलाई लक्षित गरी प्याकेजका कार्यक्रम आवश्यक भएको बताए ।
वोर्डका क्षेत्रिय कार्यालय पोखराका प्रमुख उदय बहादुर भट्टराईले पोखरा आसपास क्षेत्रको दिगो पर्यटन प्रबर्द्धन गर्नको लागि पत्रकारहरुसंग छलफल कार्यक्रम आगमी दिनमा पनि निरन्तर आयोजना गर्ने बताए । कार्यालयका बरिष्ठ अधिकृत सुर्य थपलीयाले पर्यटन क्षेत्रबाट धेरै क्षेत्र लाभान्वीत हुने हुदा यस क्षेत्रको प्रबर्द्धन पर्यटन व्यवसायीहरु एक भएर लाग्नु पर्ने बताए । सम्भावित पर्यटकीय क्षेत्रहरुको पहिचान गरी निजी क्षेत्र र सरोकार वालाहरु एक भएर लाग्नु पर्ने, पोखरामा पर्यटनहरुको वसाई लम्वाउन पोखरा र पोखरा आसपासका पर्यटकीय सम्भावनाका क्षेत्रहरुलाई पर्यटकहरु घुम्ने वातावरण तयार गनुपर्ने, पर्यटन प्रबर्द्धन हुने गरी हुने प्रमोसनल टुरमा कम्तीमा पर्यटन सम्बन्धि कलम चलाउने पत्रकारहरुलाई पनि सहभागि गराउनु पर्ने, पर्यटन प्रवद्र्धनमा एक भएर व्यवसायीहरु लाग्नु पर्ने लगायतका पोखराका पत्रकारहरुले सुझाव दिएका हुन ।





