उत्पिडित वर्ग समुदायको एक्लो युवा व्यवसायी प्रतिनिधी – किसान सुनार (क्र.सं. ३)

पोखरा, २८ भदौ-
अथक प्रयास र मेहेनत बाट व्यवसाय क्षेत्रमा लागेर छोटो समयमा नै सफलता प्राप्त गरेका युवा व्यवसायी हुन किसान सुनार । पोखरा उद्योग वाणिज्य संघको आसन्न महाधिवेशनमा सदस्यको उम्मेदवार भएका उनी यतिबेला अरु उम्मेदवार भन्दा वढी चर्चामा छन् ।

kisan-sunar-2नेपाल सुन चाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्की, पोखरा मल व्यवसायी संघ लगाएत आधा दर्जन भन्दा वढी व्यवसायीक संघ संस्थामा क्रियासिल रहेका उनी पेशागत हिसाव बाट मात्र नभई सामाजिक समवन्धका हिसाबले पनि पोखरेली उद्योगी व्यवसायी लगाएतको मन जित्न सफल रहेका छन ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उत्पिडित वर्ग समुदायको एक्लो युवा प्रतिनिधी पात्रको रुपमा चुनावी मैदानमा होमीएका सुनारलाई आफ्नो बर्ग समुदाय र प्यानलको मात्र नभई थुप्रै व्यवसायीहरुको सर्मथन रहेको उनी बताउँछन । संघलाई समावेशी बनाउनुपर्दछ र यसलाई सबैको साझा संस्थाको रुपमा बिकास गर्नु पर्दछ भन्ने तर्क आइरहेको बेला यो तर्कलाई सार्थकता तुल्याउन पनि सुनारको जित अपरिहार्य रहेको भनाइ व्यवसायीहरुको छ । उनलाई यतिबेला सुनचाँदी व्यवसायी हरुको प्रत्यक्ष साथ त छ नै यस बाहेकका अरु थुप्रै युवा व्यवसायीहरुको प्रतिनिधीत्व गरेका छन उनले । आफैमा क्षमतावान र जागरुक रहेका उनलाई चुनाव जित्ने बलियो आधार उनको व्यवसायिक सफलता र सामाजिक क्रियासिलता हो ।

kishan-sunar-pcci-electionसदस्यको उम्मेदवार भएपनि उनका एजेण्डाहरु पोखरको जेठो संस्थालाई स्थापित गराउन र व्यवसायिक हित अभिवृद्धी गराउन भुमिका खेल्ने खालका छन । चुनावी घरदैलो अभियानका क्रममा धेरै उद्योगी व्यवसायीहरु बाट साथ र सर्मथन हुन्छ भन्ने आश्वासन आफुले पाएको बताउँदै उनले आफ्नो जित सुनिश्चित रहेको समेत बताए । उनले भने, ‘अत्याधिक मतका साथ विजयी हुनका लागि मलाई सबैले शुभकामना दिनुभएको छ ।’ उनले दावीका साथ भने ‘म जितको एक दमै नजिक छु ।’ संघको सदस्यका रुपमा आफुले संघका हरेक गतिविधिलाई उद्योगी व्यवसायी मैत्री बनाउनको लागि आफु निश्वार्थ ढंगले लागि पर्ने उनले बताए । उद्योगी व्यवसायीको सेवा गर्नका लागि संघमा प्रवेश गर्न लागेको बताउँदै उनले निजी क्षेत्रको छाता संस्थाको गरिमालाई उच्च बनाउन आफू निरन्तर खटिने बताए ।

kisan-sunar-banner९ बर्ष देखि सामाजिक क्षेत्रमा र ६ बर्ष देखि व्यवसायिक क्षेत्रमा संलग्न सुनारले उठाएका मुद्धा व्यासायिक हितको सुरक्षा र कल्याणको अभिबृद्धि गर्ने, उद्यमीहरुको सृदृढ, सशक्त र सक्षम संगठनलाई सवल दिशा निर्देशन गर्ने, आर्थिक समृद्धिका लागि समानुकुल बञ्छित गति दिने, उद्योग, व्यापार, सम्बन्धित व्यवसाय र व्यावसायीहरको हक हितका लागि गठित व्यावसायिक एकता मजबुद पार्ने, देशको अर्थतन्त्रप्रति समयानुकुल परिर्वतनका लागि आवश्यक पुर्वाधार निमार्णमा सहयोग पुरयाउने, शासकिय बर्गबाट ध्यान नपुगेको जनसमुदायका जीवनस्तर उकास्न, बढ्दै गएको वेरोजगार न्युनिकरण र विदेशिदै गरेका युवा जनशक्तिको रोकथाम गर्न अन्य आय मुलक व्यवहारिक सीप तालिमको व्यावस्था गरी गरीबी निवारणमा टेवा पुरयाउन भुमिका खेल्ने आदि रहेका छन ।

सुन चाँदी व्यवसाय बाहेक उनी नेपाल जापान मैत्रि समाज, समाज कल्याणका लागि युवा नेपाल, तेजारथ ग्रुप, हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था, तेजारथ सप्लायर्स प्रालि, निगाता ईन्टरनेशनल ल्याङवेज एण्ड ट्रोनिङ इन्स्टिच्यूट प्रा.लि.का अध्यक्ष पदमा रहेका सुनार लायन्स क्लव अफ पोखरा पिएनसीका पुर्व अध्यक्ष, तेजरत्न ज्वेलर्सका संचालक, कृष्मा ज्वलर्सका संचालक सहित विभिन्न संघ संस्थामा आवद्ध रहेका छन ।

kisan-sunar-pcci

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button