
पोखरा, २८ भदौ –
स्थानीय ७ जना युवाबाट रिसोर्ट संचालनले पर्यटन प्रबर्द्धन हुने विश्वास
लेखनाथको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले स्थानीय ७ जना युवाको एक समुहले सेतिनदी किनारामा रिसोर्ट संचालनमा ल्याएका छन ।
लेखनाथ १७ कस्यार (बागमारा) सेतीनदी किनारामा करीब साँढे २ करोडको लागतमा सेति रिभर साईड रिसोर्ट प्रालि संचालनमा आएको हो । लेखनाथमा उत्पादन भएको बस्तुको प्रयोग गर्ने उद्धेश्यले लेखनाथको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य सहित उक्त रिसोर्ट हालै संचालनमा ल्याएको प्रालिका अध्यक्ष सरोजराज अधिकारीले बताए ।
उनले भने “ पोखरा आउने पर्यटकलाइ यस क्षेत्रसम्म ल्याउन सके एक दिन भने पनि वसाई लम्वाउन सकिन्छकी भनेर पनि हामीले यो रिसोर्ट संचालन गरेका हौं । ” अधिकारी सहित पदमराज पौडेल, विरेन्द्र वानिया, नारायण प्रसाद भण्डारी, भुपाल बहादुर थापा, भिम बादुर वानिया र अस्मीत सुवेदीको करीब साँढे २ करोडको लागतमा उक्त रिसोर्ट हालै संचालनमा आएको हो । पोखरा देखि करीब १३ किलोमिटर पुर्व दक्षिण पर्ने उक्त रिसोर्ट सेतिनदीको किनारा करीब २० रोपनी क्षेत्रफलमा फैलिएको अध्यक्ष अधिकारीले बताए ।
उनका अनुसार रिसोर्टमा हाल ५ वटा कटेज सहित १० वटा रुम छन। एकै रातमा ३० जना सम्म पर्यटकहरु राख्न सकिने भएको बताएका अधिकारीले आन्तरीक तथा बाह्यि पर्यटकहरु आफुहरुको मुख्य लक्ष्य भएको जनाए । उक्त रिसोर्टमा एक रात बसेको एक हजार ५ सय रुपैया रहेको छ । उक्त रकममा वेलुकाको खाजा, खाना, भोलि पल्ट विहानको खाजा खाना समेत उपलब्ध हुने भएको छ । स्थानीय उत्पादनको प्रयोग गर्ने गरी आफ्नो गाँउ ठाँउमा प्राप्त हुने अर्गानीक खानाको व्यबस्था गरेको प्रालिका अर्को संचालक पदमराज पौडेलले बताए । उक्त रिसोटमा सुईमिङपुल र सेतीनदी किनारामा पराम्परागत रुपमा प्राकृतिकबाट निर्मित करीब ३ सय जना वस्न मिल्ने ओढार रहेको छ । उनीहरुले साततालको नगरी लेखनाथको पहिचानलाई जोगाई राख्नु पर्दछ भन्ने मान्यताले ७ वटा कटेजको नाम ७ वटा तालहरु नामाङकरण गरेका छन। त्यसै गरी भवनमा गण्डकी, मेची, कोशी, कर्णाली र महाकालि गरी ५ नदीको नाम उल्लेख गरीएको छ ।
बागमारा केभको रुपमा रहेको गुफामा पर्यटकहरुले ओडार मुनि विभिन्न खानाका परिकारहरु खाने व्याबस्था मिलाईएको छ । लेखनाथको आदर्शचोक देखि करीब १० मिनेट पैदलबाट समेत पुग्न सकिने भएको र हालै नर्वदेश्वर पुलमा पक्की पुल निमार्ण भएकोले पनि रिसोर्टमा पुग्न सहज हुने भएको संचालकहरुले विश्वास लिएका छन । १९९०, २०४५, २०७२ सालमा समेत भूकम्पले उक्त गुफालाई कुनै असर नगरेकोले विज्ञहरुको सुझाव अनुसार आफुहरुले गुफालाई प्रयोग गरी पर्यटकहरुलाई आकषर्णको केन्द्र बनाउन खोजेको अध्यक्ष अधिकारीले बताए । उक्त रिसोर्टबाट हरियाली वनजंगल, सेतीनदी, हिमश्रृखला देख्न सहिन्छ भने शान्त वातावरण रहेको छ । ५० जना क्षेमताको सभाहल निमार्ण गर्न लागिएकोले अन्य केहि भौतिक संरचना निमार्णमा थप ५० लाख लगानी गर्न लागिएको समेत अधिकारीले जनाए । ७ जना युवा मध्य ४ जना युवाहरु विदेशमा विभिन्न देशबाट फर्किएर स्वदेशमा आई व्यबसाय संचालन गरेका हुन ।






तिमी आट त म पुराउछु भनिन्छ।तपाईहरू को आट अबश्य पनि सफल हुने छ ।शुभकामना