विशुद्ध व्यवसायिक हिसाववाट मेरो उम्मेदवारी – दामु अधिकारी

उद्योगी ब्यबसायी साथीहरुको साथ र समर्थनले उत्साहित छु,

पोखरा, २९ भदौ –

पोखरा उद्योग वाणिज्य संघको आसन्न महाधिवेशनमा महासचिवका प्रत्याशी दामु अधिकारी यतिबेला चुनाबी माहोल आफ्नो पक्षमा पार्न धर दैलौ अभियानमा व्यस्त छन । ब्यबसायी साथीहरुको साथ र समर्थनवाट जितको नजिक पुगिसकेको वताउदै उनले चुनावी अभियानमा साथीहरुले दिएको आश्वासन र समर्थनले आफु थप उत्साही बनेको बताए।

सम्पुर्ण वर्ग, लिंङ्ग र उद्योगी व्यवसायी क्षेत्रलाई विश्व शंकर पालिखेले  समावेश गरेको कारणले नै आफु उक्त प्यानलमा समावेस  रहेको बताउँदै कुनै राजनितिक कारणले प्रेरित नभई विशुद्ध व्यवसायिक हिसावले आफू चुनावी मैदानमा होमिएको अधिकारीले प्रष्ट पारे ।

damu-adhikari-press-meetआफुले आकस्मिक रुपमा उम्मेदवारी घोषणा नगरेको वताउँदै उनले संघको विधान संशोधन भए लगत्तै कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्य साथिहरुसँग सल्लाह र सुझाव लिएरै आफू महासचिवको रुपमा प्रस्तुत भएको वताए । उनले भने –  ‘आगामी दिनमा पनि म उद्योगी ब्यबसायी साथीहरुको सल्लाह सुझाबमै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ आफु लामो समयदेखि व्यवसायिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको बताउँदै  बिगत १० वर्षदेखि प्रत्यक्ष रुपमा संघमा आबद्ध भइ काम गरेको र ३ कार्यकाल अर्थात ६ वर्ष  कार्यसमितिमै रहेर काम गरेको अनुभव आफु संग रहेको उनले वताए ।

पोखरा उद्योग वाणिज्य संघ राज्यको सबैभन्दा शसक्त भूमिका खेल्ने व्यवसायिक संस्था हो’ उनले भने- ‘यो संस्थालाई अझै व्यवसायिक र समय सापेक्ष बनाउन जरुरी छ  ।’ पोखरामा अन्तर्राष्ट्रिय बिमानस्थल बन्ने भइसकेपछि राष्ट्रिय तहमा मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत संघको महत्वपूर्ण भूमिकाको रहने हुँदा अबको कार्यसमिति त्यसका लागी पूर्ण रुपमा तयार हुनुपर्ने उनको भनाई छ ।

damu-1व्यवसायिक क्षेत्रमा प्रवेश गरेको करिब २० वर्ष भइसकेको बताउने अधिकारी यस अवधिमा आफुले धेरै व्यवसायिक र सामाजिक संघसंस्थाका जिम्मेवार पदहरुमा रहेर कुशलतापूर्वक भूमिका निर्वाह गरिसकेको समेत बताए । सामाजिक संघसंस्थामा समेत १० वर्षदेखि विभिन्न जिम्मेवारीमा रहेका उनी शुभ जगदम्बा टुर्स एण्ड ट्राभल्स पोखरा प्रा.लि, शुभ जगदम्बा टायर एण्ड ट्रेड प्रा.लि, पोखरेली ए टु जेट इन्भेष्टमेन्ट कम्पनी प्रा.लि, शुभजगदम्बा कंक्रिट ब्लक उद्योग, शुभ जगदम्बा अटोमोबाइल्स लगायत विभिन्न व्यवसायिक प्रतिष्ठानमा आबद्ध छन ।

पर्यटकीय नगरी पोखरालाई अन्तर्राष्ट्रिय शहरसँग जोड्नमा आफु आबद्ध व्यवसायिक प्रतिष्ठानहरु बाट पहल भइरहेको बताउँदै आफु सधै व्यवसायिक आबद्धता र सामाजिक सेवाको भावबाट ओतप्रोत रहेको र भविष्यमा पनि निस्वार्थ ढङ्गले संघ र ब्यबसायी साथीहरुको हितका लागी लागिपर्ने बताए ।

पोखरा उद्योग वाणिज्य संघ उद्योगी व्यवसायीहरुको विशुद्ध छाता संस्था भएकाले यसलाई राजनीतिक रंगवाट नहेरी विशुद्ध व्यवसायिक संस्थाकै रुपमा स्थापित गराउने अभियानमा साथ दिन उनले आह्वान गरेका छन ।

damu-adhikari-pcci-mountain

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button