घरदैलो अभियान र कुराकानीवाट उत्साहीत छु – सीता बराल (क्र.स. १८)

पोखरा, ३० भदौ – 

सफल महिला ब्यवसायी तथा सञ्चारकर्मीका रुपमा स्थापित सीता बराल पोखरा उद्योग बाणिज्य संघको ३१ औं महाधिवेशको लागि कार्यसमिति सदस्य पदकी  उम्मेदवार हुन् ।

sita-baral-2ब्यवसायीक सवलिकरणको लागि नेतृत्व तहमा महिलाको समान सहभागिता को नारा उठाइ  उम्मेदवार बनेकी  बरालले मतदातालाई भेट्ने र अग्रज ब्यवसायीको साथ समर्थन खोज्दै घरदैलो गरिरहेकी छिन । चुनावी घरदैलोको क्रममा र कुराकानीमा अग्रज ब्यवसायी साथीहरुले देखाउनुभएको समर्थन र अन्य साथीहरुको आश्वासनवाट आफुले जित्छु भन्ने  लागेको उनि बताउछिन ।

एक कार्यकाल उद्योग बाणिज्य संघको महिला उद्यम विकास समितिको सदस्य भई अनुभव वटुलेकी सकेकी बरालले उद्योग बाणिज्य संघमा महिला सहभागिता पछिल्लो समय बढ्दै गएको र यो अधिवेशनमा पनि महिला आकांक्षी धेरै देखिनु सुखद पक्ष भएको उनले बताईन् ।

संस्थागत रुपमा महिला पनि अघि बढ्न सक्नुपर्नेमा जोड दिदै उनले पोखरामा उद्योग ब्यवसाय सञ्चालन गरिरहेका धेरै महिला तथा पुरुष व्यवसायीहरु अझैपनि संघमा आबद्ध नभएकाले उनीहरुलाई समेट्न पनि आफुले भूमिका खेल्ने बरालले प्रतिबद्धता छ । संघमा आबद्ध नभएका ब्यवसायीक फर्महरुमा महिलाले सञ्चालन गरेका फर्म अत्याधिक रहेकालाई उनीहरुलाई नयाँ सदस्यको रुपमा संघमा प्रवेश गराउनुपर्ने उनको तर्क छ । पुरुषको नाममा दर्ता भएका ब्यवसायीक प्रतिष्ठानलाई अघि बढाउन पनि महिलाले अग्रणी भूमिका निर्वाह गरिरहेकाले महिलालाइ  पनि सम्मानपूर्ण स्थान दिनुपर्ने उनको धारणा छ ।

सामाजिक क्षेत्रमा पनि सक्रिय रहेकी उनि नारी सेवा समिति कास्कीको निवर्तनमा अध्यक्ष, लायन्स क्लब अफ पोखरा सेतीगण्डकी र पोखरा लेडी जेसिसको वोर्ड सदस्य हुन् भने  वराल रोटरी क्लब अफ पोखरा मिडटाउन, मानव मिलन नारी जागरण नेपाल, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपाल लगायतका संस्थामा उनि आबद्ध रहेकी  छन् ।

चेरिष्मा ईम्पोरियम न्यूरोड तथा दुलेगौडामा सञ्चालन गरिरहेकी बराल सञ्चारकर्मी पनि हुन् । गण्डकी टेलिभिजनको चर्चित कार्यक्रम ‘गण्डकीका सुसेली’ सञ्चालन गर्ने बराल रेडियो हेम्जाकी सल्लाहकार हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button