
पोखरा ३० , भदौ-
आन्तरिक तथा बाह्य पर्यटक लाइ लक्षित गर्दै पोखराको लेकसाईडमा प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिल संचालनमा आएको छ । पर्यटकलाइ फरक वातावरणमा फरक खालको सेवा सुबिधा दिने हेतुका साथ पोखराको लेकसाइडमा उक्त स्पोर्टस् बार संचालनमा ल्याइएको हो ।

पर्यटन व्यवसायी तथा खेलकुदकर्मी गोपी बहादुर भट्टराईले आन्तरीक तथा बाह्यि पर्यटकहरु सहित खेलकुदकर्मीहरुलाई लक्षित गरी प्याराडाईज क्याफे एण्ड वारसंगै करीब एक सय मिटर नजिकको दुरीमा उक्त वार हालै संचालनमा ल्याएका हुन ।उनले भने“पारिवारीक वातावरणमा राति अवेरसम्मको लागि विभिन्न खेलकुद प्रतियोगिताहरु प्रत्यक्ष टेलिभिजनमा हेरेर भरपुर्ण मनोरन्जन दिलाउदै बारमा अल्कोहल मात्र नभई नन् अल्कोहलिय पदार्थहरुको समेत विभिन्न भेराईटिमा उपलब्ध गराउदैछौं ।” खेलकुदको शहरको रुपमा स्थापित हुदै आएको पोखरामा आउने पर्यटक तथा खेलकुदकर्मीहरु समुह समुहमा आएर विभिन्न खेल प्रतियोगिताहरु हेर्ने र समर्थन गरी हुटिङ गर्ने र वार भित्रै पुल टेबल, डार्ट गेम, चेस लगायतका खेलहरु समेत खेल्न सकिने व्याबस्था मिलाएको भट्टराईले बताए ।
४ बर्ष अष्ट्रेलीयामा बसेर स्वदेश फर्किएका भट्टराईले विगत ५ बर्ष देखि लेकसाईडमा प्याराडाईज रेष्टुरेण्ट एण्ड वार संचालन गर्दै आएका छन । उनले भने “फुड, ड्रिङ, र म्युजिक स्लोगन रहेको यस बार भित्रको फराकिलो क्षेत्र आफुहरुलाई अनुकुल मिल्ने ठाँउमा बस्न पाईने, टेलिभिजन मार्फत महत्वपुर्ण खेलकुद प्रत्यक्ष प्रशारण हेर्न पाईने, जन्मदिन, पार्टी तथा साथिभाईसंग जम्काभेट गराउने थलोको रुपमा हामीले विकास गराउदैछौं । ” उक्त बारबाट पोखराको पर्यटकीय आकषर्णको रुपमा रहेको फेवातालको मनोरम दृष्यसंगै रात्रिकालिन तथा दिवाकालिन रुपमा सेवा उपलब्ध हुने भएको छ । हरेक तीन तीन महिनाको एक पटक राजधानिबाट राष्ट्रिय स्तरका व्याण्डका चर्चित कलाकारको प्रस्तुती राखिने भएको र हरेक विहान ११ बजे देखि वेलुका अवेरसम्म विभिन्न नेपाली व्याण्डको प्रस्तुती राखिने भएको भट्टराईले बताए । उक्त बार संचालन गर्दा करीब २ करोड लगानी भएको छ भने २५ जनाले पत्यक्ष रुपमा रोजगार पाएको उनले जनाए ।

कास्की जिल्ला फुटवल संघको निवर्तमान अध्यक्ष, रेष्टुरेण्ट एण्ड वार पोखराका निवर्तमान अध्यक्ष लगायतका विभिन्न संघ संस्थामा आबद्ध भएका वार संचालक भट्टराईले हरेक बर्ष वारबाट वचत भएको केहि रकम सामाजिक क्षेत्रमा समेत सहयोग गर्ने बताए । आफ्नो सामाजिक उत्तरदाहित्व अन्न्र्तगत कास्कीको भकुण्डेस्थित परापुर्वकाल देखि जीर्ण अबस्थामा रहेको सिद्धबाबा मन्दिर संरक्षणको लागि एक लाख रुपैया हालै सहयोग गरेको भट्टराईले बताए । मन्दीर संरक्षण समितिका कोषाध्यक्ष भरत तिमिल्सिनालाई भट्टराईले उक्त रकम प्रदान गरेका थिए । बारमा नेपाली देखि विभिन्न देशका फरक फरक खानाका परिकारहरु रहने गरी एकै पटकमा ३ सय जनासम्म सेवा दिने गरी बार संचालन भएको बार म्यानेजर हरि पौडेले बताए ।

आम पर्यटक तथा खेलकुदर्मीहरुको ईच्छा र चाहाना अनुसार बिशेष कार्यक्रमहरु गर्न सकिने भएको पौडेलले बताए । प्याराडाईजमा विहान देखि वेलुकासम्मको पारिवारीक वातावरणमा गार्डेन सहितको फराकिलो क्षेत्रमा खानपिनको व्यबस्था छ भने प्याराडिसोमा विहान ११ बजे देखि लन्च र डिनर हुदै वेलुका अवेरसम्म मनोरन्जन सहित खानपानको व्याबस्था रहेको छ । पोखरा क्षेत्रमा राति अवेरसम्म केहि वार तथा दोहोरी साँझहरु भए पनि खेलकुदका गतिविधिहरु ४÷५ वटा टेलिभिजनबाट प्रत्यक्ष प्रशारणको मनोरन्जन स्थलको रुपमा उक्त बार हालै संचालनमा आएको म्यानेजर पौडेलले बताए ।





