नयाँदिल्ली –
भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका पूर्व प्रधानमन्त्री डा मनमोहन सिंहबीच भेटावार्ता भएको छ ।
राष्ट्रपति भवनमा आज साँझ भएको भेटवार्तामा दुई पक्षीय हित र आपसी चासोका विषयमा छलफल भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जानकारी दिनुभयो ।
भेटमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात मन्त्री लेखक, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालको सहभागिता रहेको थियो । रासस





