पोखरा –
पोखरा उद्योग वाणिज्य संघको शनिबार सम्पन्न महाधिवेशनको आइतबार भइरहेको मतगणना अन्तर्गत खुल्ला सदस्यको मत परिणाम सार्वजनिक भएको छ । खसेको कुल २ हजार ५ सय १३ मत मध्ये सदस्यमा सबैभन्दा बढी मत अनिल सिग्देलले प्राप्त गरेका छन् । उनले १ हजार ५ सय ६८ मत ल्याएका छन् । विश्वशंकर पालिखे प्यानलबाट ८ जना र देव क्षेत्री प्यानल बाट २ जना विजयी भएकोमा चिनु गुरुङ र गोमा ढकालमात्र क्षेत्री प्यानलवाट बिजयी भएका छन् ।
विजयी सदस्य मध्य कसले कति मत प्राप्त गरे
१, अनिल सिग्देल १५६८
२, सीता बराल १५१३
३, सुरेन्द्रमान बिजुक्छे १३७०
४,यदुनाथ अधिकारी १३५५
५,किसान सुनार १३४०
६,चीनु गुरुङ १३३५
७,देव कृष्ण काफ्ले १२९२
८,प्रेम वहादुर भूजेल ११६५
९, गोमा ढकाल ११४३
१०,गीता तिवारी १११८





