पोखरामा भेलले बगाएका व्यक्ति मृत भेटिए

पोखरा –

पोखराको भेल पानीले फेरी दुई जनाको ज्यान लिएको छ । यस बर्षको बाढीले पोखरामा केहि साता अघि दुई जनाको ज्यान लिएको घटना सेलाउन नपाउदै गएराति (शनिबार ) को बाढीले बगाउदा पोखरामा दुई जनाको ज्यान गएको हो ।

पोखरामा शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको भलले बगाउँदा लामाचौरमा एक र पोखराको पार्दी विरौटामा एक गरी दुई जनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

पोखरा उपमहानगरपालिका वडा नंं १६ लामाचौर, गैराबारीका ५६ वर्षिय कृष्णबहादुर थापा र स्याङजा दरौ गाविस ९ का ४५ बर्षीय गंगा प्रसाद सुवेदीको पोखरामा परेको अविरल बर्षाका कारण भेल पानीले बगाउदा मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी गजुसिद्ध बज्रचार्यले बताए ।

शनिबार वेलुका करीब ८ः३० बजेको समयमा खत्री डहरको नालामा पर्न गएका थापाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको स्थानीयले बताएका छन । स्याङजा दरौ घर भएका सुवेदीको आफन्तको घरमा आउन लाग्दा पार्दीविरौटाको नालीमा पर्न गएका थिए । करीब एक किलोमिटर भन्दा पनि टाडा पानीको भेलले बगाउदा पावरहाउसको बाधमा आईतबार दिउसो उनको शव भेटिएको स्थानीयले बताए । यस अघि पोखराको बगालेटोलमा रहेको नालामा परी एक महिला र पोखराको मालपोत कार्यालय नजिकको फिर्के नहरमा पर्दा एक युवा मोटरसाईकल सहित भेल पानीले बगाउदा मुत्यु भएको थियो । बाढीका कारण पोखरा २६ चंखपुरामा फेसका १३ जनालाई प्रहरीले राति नै उद्धार गरेको बताइन्छ । पोखरामा ठुलो बर्षा हुदा अव्यबस्थीत रुपमा पानी बग्ने भएकोले पोखरामा भेल पानीले बगाउने घटना दोहोरीन थाले पनि पोखरेलीहरु त्रसित हुदै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button