पोखरा-
पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदको मतगणनामा विश्व शंकर पालिखेले अग्रता लिएका छन् ।
१५ सय मत गणना सार्वजनिक हुँदासम्म पालिखेले ५ सय ६२ मत पाएका छन् भने अर्का प्रत्यासी देव क्षेत्रले ४ सय ९६ मत प्राप्त गरेका छन् । त्यसैगरी ईश्वर कर्माचार्यले ७२ मत , धनिराम बरालले २१ मत , नारायण कोइरालाले २३९ मत र हिरा भट्टराईले १०५ मत प्राप्त गरेका छन् । मत गणना जारी रहेको छ ।





