रानाभाट सेवा समाजद्धार रक्तदान तथा प्रशिक्षण कार्यक्रम

पोखरा –

रानाभाट सेवा समाज पश्चिमाञ्चल क्षेत्रिय समितिको समन्वय तथा तनहु जिल्ला कार्यसमितिको आयोजामा दमौलीमा संविधान दिवसको उपलक्ष्यमा रक्तदान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

समितिले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि रानाभाट सेवा समाजका केन्द्रिय अध्यक्ष बावुराम रानाभाटले पहिलो रक्तदाता किरण खनाललाई व्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका थिए।

सोहि अवसरमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा तनहुमा रहेका रानाभाटहरुलाई आर्थिक शुसशन, सव्भता संस्कृति र पहिचानका वारेमा प्रशिक्षण दिईएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाभाट सेवा समाजका केन्द्रिय अध्यक्ष बावुराम रानाभाटले हरेक वन्धुहरुले आफ्नो संस्कृति र पहिचानलाई भुल्न नहुने बताए।

कार्यक्रममा समाजमा भित्र उल्लेखनिय काम गरेको भन्दै पश्चिमाञ्चल क्षेत्रिय समितिका अध्यक्ष श्रीबहादुर रानाभाट, केन्द्रिय अध्यक्ष बावुराम रानाभाट, निर्वतमान अध्यक्ष खड्ग रानाभाट र महासचिव हरि रानाभाटलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।

कार्यक्रममा जिल्ला प्रशाशन कार्यालय तनहुका प्रमुख जिल्ला अधिकारी दिपक सुवेदी, नेपाल रेडक्रस सोसाईटी तनहूका अध्यक्ष उदयाराज गौली, रानाभाट सेवा समाजका पूर्व केन्द्रिय अध्यक्ष खड्ग रानाभाट, उपाध्यक्ष सूर्य रानाभाट, महासचिव हरि रानाभाट, पश्चिमाञ्चल क्षेत्रिय समितका अध्यक्ष श्रीबहादुर रानाभाट, वरिष्ठ उपाध्यक्ष चन्द्र रानाभाट, सल्लाहकार तथा प्याव्सन कास्कीका अध्यक्ष चिनु रानभाट, सल्लाहकार सु.वलबहादुर रानाभाटले बोलेका थिए।

रानाभाट सेवा समाज तनहु जिल्ला कार्यसमिति अध्यक्ष मुरारी रानाभाटको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष विनोद रानाभाटले स्वागत र पश्चिमाञ्चल क्षेत्रिय समितिका सचिव बलराम रानाभाटले कार्यक्रम सञ्चालन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button