मिस तमुस्यो नेपालका प्रतियोगीहरुले प्रतिभा देखाए

पोखरा –

मिस तमुस्यो नेपाल २०१६ का फइनल प्रतिष्पार्धीहरुले सोमबार प्रतिभा देखाएका छन् ।

नेपाल तमु विद्यार्थी छोँज धीं कास्कीले आयोजना गरेको मिस तमुस्यो नेपाल २०१६ का १९ फाइनल प्रतियोगीले आफुँ भित्र रहेको प्रतिभा प्रस्फुटन गरेका हुन् । कार्यक्रममा मिस तमुस्यो प्रतियोगीहरुले डान्स, सिङगिङ्ग, रेडियो प्रोगाम, स्पिज, टिसर्ट प्रिन्ट र ह्याण्डीग्राफ्ट लगायतका प्रतिभा देखाए ।

मिस टयालेन्टको उपाधिका लागि आयोजना गरिएको ट्यालेन्ट शोमा तमु संचारकर्मी संघ कास्कीका अध्यक्ष शान्ती तमुस्यो, गुरुङ फिल्म एशोसियसन जिफान कास्की अध्यक्ष एवम महिला निर्देशक जसु तमुस्यो, नेपाल तमु विद्यार्थी छोँज धीं कास्कीका निर्वात्तमान अध्यक्ष एवम संचारकर्मी भुपाल तमु, नायक एवम गायक नरजङ्ग तमु, आदिवासी जनजाति चलचित्र महासंघ उपाध्यक्ष युग तमु र संगीतकार जय परियारले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

मुख्य निर्णायक समेत रहेको संचारकर्मी शान्ती तमुस्योले कार्यक्रम प्रतियोगीहरुको लुकेर रहेका प्रतिभालाई प्रस्फुटन गराउने अवसार भएको जिकिर गरे । उनले कार्यक्रमले तमु समुदायको संस्कार संस्कृति जगेर्ना गर्न महत्वपुर्ण भुमिका खेल्ने समेत दावी गरे ।

प्रतियोगीहरुले देखाएका प्रतिभालाई निर्णायकहरुको निर्णय अनुसार फइनल कार्यक्रममा मिस ट्यालेन्टको उपाधि प्रदान गरिनेछ । मिस तमुस्यो नेपाल २०१६ मा नेपालभर बाट छनोट चरणमा छानिएका १९ प्रतियोगीहरु फइनलका लागि एक महिने प्रशिक्षणमा छन । प्रशिक्षण संगै प्रतियोगीहरुले लम्जुङ्गको पसगाँउको प्रत्यक्ष अवलोकन भ्रमण गरिसेका छन । असोज ८ गते पोखरा सभागृह हलमा हुने अन्तिम फाइनल कार्यक्रममा मिस तमुस्यो नेपाल २०१६ घोषणा हुनेछ । यस वर्षको मिस तमुस्यो नेपालले नगद ५० हजार सहित एक हाप्ते हङकङ्ग यात्राको अवसर प्राप्त गर्नेछिन । त्यसैगरी उपविजेता एवम फष्ट रनर अपले नगद ३० हजार र सेकेण्ड रनर अपले नगद २० हजार सहित विभिन्न गिफ्ट ह्याम्परहरु प्राप्त गर्नेछन् । प्रतियोगीताका विजेता एवम उपविजेताहरुले विभिन्न फिल्म एवम म्युजिक भिडियोहरुमा अभिनय गर्ने मौका पाउनेछन् । प्रतियोगीतामा विभिन्न सव टाइटलहरु समेत वितरण हुने मिस तमुस्यो नेपालका संयोजक धनु तमले बताए । असोज ८ गते हुने फाइनल कार्यक्रमलाई सगरमाथा टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button