पोखरामा पेप्सी मःम मेलाको तयारी तिव्र

पोखरा –

पोखरामा गर्न लागिएको पेप्सी मःम मेला तथा अल्टा म्यूजिक फेष्टिबलको तयारी तिव्र पारिएको छ।

आर इभेण्ट्स ट्रेनर नेपालले असोज १४ देखि १८ गतेसम्म पोखराको प्रदर्शनी केन्द्रमा मेला गर्न लागेको हो। मेलाको तयारी तिव्र पारिएको छ आयोजक ट्रेनर नेपालका कार्यक्रम संयोजक रवीन गुरुङले भने – ‘मःम र संगितका पारखीहरुलाई सन्तुष्ठ पार्ने गरी तयारीमा जुटेका छौ।’ मेलामा बाल उद्यान र पिङ आकर्षणका रुपमा रहने छन्।

यसपटक मेलामा सुपथ मुल्यमा १० प्रकारका मिक्स मःम सहित च्याङग्रा, अष्ट्रिच, ओपन, ग्रीन, गुतपाक, टिबेटियन, ससेज, बनाना, कोथे, पोटाटो लगायतका मःमको स्वाद लिन पाईने छ। त्यस्तै निश्चित रकममा रोजीरोजी पेटभरी मःम खाने विशेष स्टलको पनि व्यवस्था गरिने छ।

अल्टा म्यूजिक फेष्टिबल भने हरेक दिन साँझ पाँच बजेपछि हुने छ। जसमा ख्यातिप्राप्त डिजेहरुको प्रस्तुती रहने छ। मेलामा मःम सहित दशैका लागि आवश्यक खाद्य र लत्ताकपडाका स्ट्रलहरु राखिने छ।

मेला एक लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ भने मेला सम्पन्न गर्न ५५ लाख खर्च लाग्ने अनुमान गरिएको छ। मेलाको दृष्टिविहीन र अपाङगता भएकाले उद्घाटन गर्ने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button