डा हर्क गुरुङलाई राष्ट्रिय विभूति घोषणाको माग

लमजुङ (बेसीसहर) –

भूगोलविद् स्वर्गीय डा हर्क गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न स्थानीयवासीले माग गरेका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उनको जन्मस्थल लमजुङको ताङ्लीचोकका बासिन्दाले नेपालको पर्यटन, भौगोलिक विकासका संरचना तथा विभिन्न क्षेत्रमा पुर्रयाएको योगदानको कदर गर्दै भूगोलविद् डा हर्क गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका हुन् ।

दश वर्षअघि ३०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाउनुभएका डा हर्क गुरुङको योगदानलाई सरकारले कदर गर्न नसकेको स्थानीय बासिन्दाको गुनासो छ ।

स्वर्गीय डा गुरुङको १०औँ स्मृति दिवसको अवसरमा आज शुक्रबार उनको समाधिस्थल भुलभुले गाविस–५, ताङ्लीचोकमा स्थानीय बासिन्दाले श्रद्धाञ्जलि सभाको आयोजनासमेत गरेका छन् ।

उत्तरी लमजुङको बाहुनडाँडा गाविस–२, नाइँचेस्थित मामाघरमा १९९५ साल पुस २१ गते बाबु पारसै गुरुङ र माता मैँस्यो गुरुङको कोखबाट जन्मेका डा हर्क गुरुङको, विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कन्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कंदै गर्दा हेलिकप्टर दुर्घटनामा परी २०६३ असोज ७ गते निधन भएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button