लायन्स क्लव अफ पोखरा गण्डकीले छात्रावृत्ति वितरण

पोखरा –

लायन्स क्लव अफ पोखरा गण्डकीको छात्रावृत्ति वितरण कार्यक्रम पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा महेन्द्र मा.वि. घार्मी, भद्रकाली मा.वि. एसोएस वाल ग्राम र सत्य साई विद्याश्रममा अध्ययन गर्ने अर्फान, भुकम्प पिडित र आर्थिक स्थिति कमजोर भएका ३४ जना बालबालिकाहरुले छात्रावृत्ति वितरण गरिएको थियो ।

लायन्स क्लव अफ पोखरा गण्डकीका अध्यक्ष शारदा शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा डिस्ट्रिक ३२५ बी १ नेपालका डिस्ट्रिक गभर्नर लायन बालकृष्ण वुर्लाकोटी, डिष्ट्रिक फस्ट लेडी ज्ञानु वुर्लाकोटी, पीएमसीसी प्रेम वहादुर श्रेष्ठ, निवर्तमान डिस्ट्रिक गभर्नर ध्रुव वहादुर थापा, फस्ट भाइस डिस्ट्रिक गभर्नर धनराज आचार्य, डिस्ट्रिक को– चिफ एडभाइजर अर्चना प्रधान, डिस्ट्रिक एडभाइजर अनिला श्रेष्ठ जोन चेयर प्रसन सुरेन्द्रमान विजुच्छे, सत्य साइ सेवा केन्द्रका प्रचार्य विश्वराज खनाल, विद्यार्थी शुस्मा पौडेल, लायन्स क्लव अफ पोखरा गण्डकीका सचिव विनिता गुरुङ, क्लवका पुर्व अध्यक्ष इन्दिरा वराल लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button