पोखरामा पौडी प्रतियोगिता हुने, कास्कीलाई प्राथमिकता

  • पोखरा न्यूज
  • २०७३ आश्विन १०
पोखरामा पौडी प्रतियोगिता हुने, कास्कीलाई प्राथमिकता

पोखरा –

जिल्लाहरुमा पौडी खेलको विकास र विस्तार गर्ने उद्धेश्यले नेपाल पौडी संघले पोखरामा पौडी प्रतियोगीता आयोजना गर्ने भएको छ । आठ वर्ष देखि निरन्तर रुपमा माछापुछ्रे उमेर समुह पौडी प्रतियोगीताको सातौ संस्करण १६ र १७ गते हुने भएको हो ।

सो बारे जानकारी दिदै संघका अध्यक्ष तथा नेपाल ओलोम्पिक कमीटीका सदस्य अशोक वज्राचार्यले कास्की जिल्ला पौडी संघ तथा जिल्ला खेलकुद विकास समीती कास्कीले संयुक्त रुपमा संचालन हुने प्रतियोगितामा विभिन्न उमेर समुहका १६ वर्ष भन्दा मुनीका काठमाडौ र पोखराका गरि १ सय भन्दा वढी खेलाडीहरुको सहभागिता रहने जानकारी दिए । प्रतियोगितामा फ्री स्टाइल, वेष्ट स्ट्रोक, वटर फुलाईका इभेन्ट्सहरु संचालन हुनेछन ।

छात्र तर्फ १६ र छात्रा तर्फ १६ वटा इभेन्ट गरि कुल ३२ इभेन्टमा ३२ स्वर्ण, ३२ रजत र ३२ काश्य पदकका लागि प्रतियोगीहरु भिड्ने छन । कास्की जिल्लाका १४ र १७ वर्ष भन्दा मुनिका खेलाडीलाई प्रोत्साहन दिन छुट्टै इभेन्टस सञ्चालन गरिने अध्यक्ष बज्राचर्यले वताए । जसमा २५ मिटर फ्रिस्टाइल र व्रेष्ट स्ट्रोकका ४ वटा इभेन्ट्स सञ्चालन हुने छन ।

त्यसै गरि पोखरामा २ वर्ष देखि स्थगित साढे २ किलोमिटरको खुल्ला पौडी प्रतियोगितालाई यस पटक पुनः निरन्तरता दिने अध्यक्ष बज्रचार्यले बताए । यो प्रतियोगिता २ वर्ष देखि स्थगित भएको थियो । उक्त प्रतियोगितामा प्रथम हुनेले क्रमशः नगद २५, द्वितियले १५ र तृतियले १० हजार पाउने छन । कास्की जिल्लाकालाई थप प्रोत्साहन दिन प्रथम हुनेले क्रमशः नगद १०, द्वितियले ६ र तृतियले ४ हजार थप गरिने छ । प्रतियोगिता सम्पन्न गर्न करिव ८ लाख खर्च लाग्ने कास्की जिल्ला पौडी संघका अध्यक्ष वैभव पौडेलले जानकारी दिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस