
पोखरा –
होटल प्रतिनिधि समाजको १६ औं साधारण सभा तथा ८ औं विशेष अधिसेवनले तिलक बहादुर अधिकारी को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समाजको हालै सम्पन्न भएको अधिवेसनले बरिष्ठ उपाध्यक्षमा राजकुमार गुरुङ, प्रथम उपाध्यक्षमा पोष्टबहादुर पाण्डे, तृतीय उपाध्यक्षमा बाबुराम आचार्य, महासचिवमा सन्तोस काफ्ले, सचिवमा मोहन वस्नेत, कोषाध्यक्षमा पुरुषोत्तम न्यौपाने, सहकोषाध्यक्षमा प्रविन लामिछाने चयन भएका छन ।
त्यसै गरी सदस्यहरुमा सन्तु चौधरी, अमृत गुरुङ, पवन वस्यौला, मोतिराम पौडेल, जिवनराज उपाध्याय, तुल बहादुर भण्डारी र डिल्लीराम अधिकारी रहेका छन ।
लगातार तीन कार्यकाल अध्यक्षको पदभार सम्हालेका क्षत्रिले एक बर्ष पछि पुनः अध्यक्षको कार्यभार सम्हाल्ने जिम्मेवार पाएका हुन । पोखरा विमानस्थलमा पर्यटकहरुलाई लिन जाने वातावरण मिलाउन पहल गर्ने, संस्थागत हकहितको लागि काम गरी पर्यटन विकासको लागि विभिन्न संघ संस्थाहरुसंग सहकार्य गर्ने अध्यक्ष अधिकारीले बताए । दिपेन्द्र पहारीको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो ।





