विभेदकारी कानुनको अन्त्य हुनुपर्ने

काठमाडौँ –

संविधान पूर्ण कार्यान्वयनका लागि राज्यका हरेक निकायमा महिला प्रतिनिधित्व र सहभागिता संविधानअनुसार हुनुपर्नेमा जोड दिइएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

अन्तरपार्टी महिला सञ्जालद्वारा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा कानुनको भाषा नमिल्दा फरक अर्थ लाग्ने कारणले केही विभेदकारी कानुन कायम रहेकाले त्यसको अन्त्य गर्नुपर्ने सहभागीले सुझाएका हुन् ।

सञ्जालकी अध्यक्ष प्रतिभा राणाले मुलुकमा भएको परिवर्तनअनुसार सङ्घ, प्रदेश निर्माणको क्रममा रहेकाले महिला अधिकार स्थापित गर्न उनीहरु जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले कर्मचारी प्रशासन, सुरक्षा निकायका साथै राजनीतिक पार्टीमा महिलाको प्रतिनिधित्व सुरक्षित हुन नसकेको जानकारी गराउनुभयो । नेपाली काँग्रेसकी नेत्री मीना पाण्डेले संविधानले महिलाका धेरै विषयलाई संरक्षण गरेको बताउँदै संसद्मा रहेका केही विचाराधीन कानुनमध्ये विभेदकारी कानुनको अन्त्य गर्न माग गर्नुभयो ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य सावित्रा भुसालले संविधानमा महिला प्रतिनिधित्वको व्यवस्था सुनिश्चित गरिएको भएपनि सो नियम कार्यान्वयन हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)की सचिवालय सदस्य यशोदा सुवेदीले समान कामका लागि महिला तथा पुरुषलाई समान अवसर तथा सुविधा उपलब्ध गराउनुपर्ने, महिलालाई सुत्केरी हुँदा बढी जिम्मेवारी हुने हुँदा सेवा र सुविधा वृद्धि गर्नुपर्ने, शिशु स्याहार केन्द्र सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button