अनुमतिबिना कोकाकोला कम्पनी सञ्चालनमा

 

काठमाडौँ –

बालाजु औद्योगिक क्षेत्रभित्र रहेको बोटलर्स नेपाल (कोकाकोला) कम्पनी ३२ वर्षसम्म अनुमतिपत्र नलिई सञ्चालनमा रहेको फेला परेको छ।

नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले बुधबार गरेको अनुगमनका क्रममा २०४१ सालदेखि हालसम्म अनुमतिपत्र नलिई सञ्चालन भइरहेको फेला परेको हो । कार्यालयका प्रमुख शशिभूषण यादवले पछिल्लो समय अनुमतिपत्र नलिई धेरै कम्पनीहरु सञ्चालनमा रहेका उजुरी आएपछि अनुगमन कार्य बढाएको बताउनुभयो ।

“कोकाकोला जस्तो बहुप्रतिष्ठित कम्पनीले लामो समयदेखि अनुमतिपत्र नलिई सञ्चालन गरिरहेको छ भने अरुको हालत के होला रु,” उहाँले भन्नुभयो । उक्त कम्पनीबाट कानुन बमोजिम रु चार हजार जरिवाना असुल गरिएको छ ।

यस्तै औद्योगिक क्षेत्रभित्रै सञ्चालन भएका कर्माचार्य प्लास्टिक उद्योग, मोर्डन चप्पल इन्डट्रिज, बालाजु दाल मिल समेत अनुमतिपत्र नलिई सञ्चालनमा रहेका र ढक तराजु जाँच नगरेको फेला परेको छ । यी तीनवटै कम्पनीको ढक तराजु जफत गराई तीनदिनभित्र कार्यालयमा हाजिर हुन पत्र पठाइएको कार्यालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button