पोखराको मझेरीपाटनमा म्यूजिकल नाईट हुने

पोखरा –

मेरो नेपाल युवा क्लवको आयोजनामा आगामी असोज २९ गते पोखरा–१४ स्थित मझेरीपाटनमा मझेरी–१४ म्यूजिकल नाईट हुने भएको छ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

विजयी दशमी तथा दिपावलीको पावन अवसरमा कोजागत पूर्णिमा दिन रामेश्वरी उच्च माविको खेल मैदानमा सो कार्यक्रम हुन लागेको क्लव अध्यक्ष हरि जिसीले बताउनुभयो ।

म्यूजिकल नाईटमा चर्चित समुह द डि मोर्चा, द साईकोटिभ नर्भस (फाईभ किज), क्रुसेड ब्याण्ड, फाईनल सोलुसन, डिर्मस ब्याण्ड, ओभी रयाप्टर्स, ए.आर.वि. ब्याण्ड, थण्डर क्रस, एरोज् ब्याण्ड, साथमा लोकल ब्याण्डको समेत प्रस्तुती रहने छ ।सोहि अवसरमा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुले दर्शकहरुलाई मनोरञ्जन दिलाउने कार्यक्रम संयोजक दिवस कुँवरले जानकारी दिनुभयो ।

संगीतको माध्यमबाट युवाहरुलाई सकारात्मक बाटोमा आकर्षण गर्नका लागि यस पटक सांगीतिक कार्यक्रम छनौट गरिएको प्रचार संयोजक पृथ्वी कुँवरले बताउनुभयो । क्लवले यसअघि चार पटकसम्म राष्ट्रिय स्तरको सेभेन ए साईड फुटबल प्रतियोगिता आयोजना गरिसकेको छ ।

म्यूजिकल नाईटमा करिव १० लाख खर्च हुने अनुमान गरिएको छ । कार्यक्रमबाट बचत भएको रकम सामाजिक क्षेत्रमा खर्चिने क्लवले जनाएको छ । वि.स. २०४८ स्थापना भएको सो क्लवले शिक्षा, स्वास्थ्य, खेलकुद, वातावरण लगायतका सामाजिक कार्यक्रमहरु निरन्तर रुपमा गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button