उसुकी ल्याह्मुलाई पोखरामा बधाई सहित स्वागत

  • पोखरा न्यूज
  • २०७३ आश्विन १३
उसुकी ल्याह्मुलाई पोखरामा बधाई सहित स्वागत

पोखरा –

१२ औ दक्षिण एशियाली खेलकुद (साग)मा पदक विजेता उसुकी फुपु ल्याह्मु खत्रीलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले पोखरामा बधाई तथा स्वागत ज्ञापन गरेको छ । विहिबार पोखरा आएकी खत्रीलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले माला लगाएर बधाई सहित स्वागत गरेका थिए।

क्षेत्रीय खेलकुद विकास समितिले सागमा पदक विजेता खेलाडीलाई घोषणा गरेको एक हप्ते पोखरा प्याकेज अन्र्तगत खत्री यहाँ आएकी हुन् । समितिले सागमा खेल भैरहेका बेला एक हप्ते पोखरा प्याकेज घोषणा गरेको थियो । खेलाडीलाई पोखरामा घुम्ने, खाने, बस्ने सवै खर्च समितिले ब्यहोर्ने छ । यसअधि फुटबल, भलिल लगायतका खेलका २५ खेलाडीले उक्त सुविधा लिइसकेका छन् । एक वर्ष सम्म उक्त प्याकेज अन्र्तगत खेलाडीलाई सुविधान दिइने अध्यक्ष पौडेलले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस