काठमाडौँ –
नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासङ्घले दसैँमा घर जाने यात्रुको चाप बढ्ने हुँदा आवश्यकताअनुसार सवारीसाधनलाई देशभर सञ्चालन गर्ने इजाजत दिन माग गरेको छ ।
यहाँ बिहीबार आयोजित पत्रकारसम्मेलनमा महासङ्घका अध्यक्ष विष्णु सिवाकोटीले यातायात व्यवसायको क्षेत्रमा एकाधिकार कायम राखी यात्रु तथा सेवाग्राहीलाई ठग्ने सङ्घसंस्थालाई सरकारले कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।
सरकारले भौतिक पूर्वाधार तथा यायातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात कार्यालय तथा यातायातसम्बन्धी व्यवस्थापन बैठकमा विज्ञका साथै सरोकारवाला पक्षलाई पनि बोलाउनुपर्ने माग उहाँले गर्नुभयो ।
महासङ्घले नेपालमा सर्वाजनिक यातायात क्षेत्रमा स्वस्थ प्रतिस्पर्धामा खरो उत्रिने आफ्नो महासङ्घलाई यातायात क्षेत्रको व्यवस्थाका लागि आयोजना गरिने कुनै पनि बैठक तथा छलफलमा बोलाउन माग गरेको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution