
पोखरा –
जापानको कोमागाने नगरपालिका र पोखरा उपमहानगर पलिका बिचको भागिनी सम्बन्ध गाँसेको १५ वर्ष पुगेको अबसरमा पोखरा आएका कोमागानेका प्रतिनिधीहरुले शुक्रबार पोखरा २८ आर्मला स्थित अन्नपुर्ण मावी र सिता प्रावीको निरिक्षण भ्रमण गरेका छन ।
कोमागाने नगर परिषदका सदस्य कोइची सिओजाबा, कोमागाने नगर लेबर युनियनका सदस्य ओमानो फुकुजावा, कोमागाने नगर पालिकाका कर्मचारी हिसायुकी योनेयामा र कोमागानेका लागि पोखरामा कार्यरत प्रतिनिधी कोइनुकी याजावाले निरिक्षण भ्रमण गरेका हुन ।

कोमागाने नगर पालिकाका कर्मचारी र लेवर युनियनले संयुक्त रुपमा अर्मलाको अन्नपुर्ण मावीलाई करिव २ लाख ७५ हजार पर्ने सोलार सहयोग गरेका छन । कोमागानेका प्रतिनिधीहरुले निरिक्षण भ्रमणको अवसरमा उक्त विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयको शैक्षिक उन्नयनका लागि सहयोग गर्न पाउँदा खुसी लागेको बताए । कार्यक्रममा कसमस कलेजका कार्यकारी निर्देशक एवम विद्यालयका पूर्व शिक्षक तेज गुरुङ्गले दाताहरुले दिएका सामानको सहि सदुपयोग गर्नु पर्ने बताए ।
विदालय व्यवस्थापन समितीका सदस्य हर्क बहादुर परियारको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी कर्ण बहादुर गुरुङ्ग,कुल प्रसाद भट्टराई, प्रधानअध्यापक यमनाथ लामिछाने, शिक्षक मोहन बहादुर जिसी लगाएतले बोलेका थिए । सो अबसरमा बिद्यार्थीहरुले नृत्य प्रस्तुती तथा कबीता बाचन गरेका थिए ।
यसै गरि प्रतिनधीहरुले कर्मलाकोटमा अबस्थित सिता प्रावीको निरिक्षण भ्रमण गरेका छन । उनीहरुले विद्यालउका प्रधानअध्यापक गणेश बहादुर क्षेत्री संग बिद्यालयको बारेमा जानकारी लिएका थिए । उनीहरुले अर्मलाकोटमा निर्माणाधिन गुरुङ्ग समुदायको सामसदायिक भवनको समेत निरिक्षण गरेका थिए ।





