पोखरा –
पोखराको चिप्लेढुङ्गा मानव अधिकार चोकमा आज (शुक्रबार) सम्पन्न भएको निःशुल्क कन्सर्टमा दर्शकहरुको उल्लेखनिय रुपमा सहभागि भएका छन।
पोखराट्रेडमलको आयोजना तथा चहलपहल नेपालको ब्यबस्थापनमा निःशुल्क उक्त कन्सर्टमा क्यास भौचर समेत समेत वितरण गरेकोले दर्शकहरुको उल्लेखनिय रुपमा सहभागि भएको पोखरा ट्रेड मलका अध्यक्ष विन्दुकुमार थापाले बताए ।
पोखरा ट्रेडमलको दशैं तिहार मेला’ को शुभारम्भ कार्यक्रममा सहभागि एक सय जनालाई २ सय र ५ सयको क्यास भौचर वितरण भएको अध्यक्ष थापाले बताए । उनका अनुसार शनिबार देखि पोखरा ट्रेडमलको दशैं तिहार मेला अन्तर्गत बम्पर उपहार कार्यक्रम लागु हुने भएको छ । मंसिर २४ गतेसम्म उक्त वम्पर उपहार लागु हुने छ, जुन अन्तर्गत दैनिक, साप्ताहिक र बम्पर उपहारहरु रहेका छन् । जुन भौचर पोखरा ट्रेडमल भित्रको कुनैपनि पसलमा गएर सामान किन्दा प्रयोग गर्न सकिने छ । उक्त कन्सर्ट तथा मेलाको सशस्त्र प्रहरी वल मुक्तिनाथ बाहिनिका सशस्त्र प्रहरी उपरिक्षक रविन्द्र मल्लले वेलुन उडाएर गरेका थिए । कार्यक्रममा स्वागत गर्दै मलका अध्यक्ष थापाले पोखरेलीहरुको ईच्छा र चाहाना अनुसारका ब्राण्डेड सामानहरु मलमा भित्राउदै गरेको दाबी गरे।
कन्सर्टमा नेपालकै चर्चित व्याण्डहरु Mt.8848 र D-Marcha ब्याण्ड तथा स्थानिय गायक सन्तोष बस्यालको प्रस्तुती रहेको चहलपहल नेपालका संयोजक सन्देश श्रेष्ठले बताए । Mt.8848 व्याण्डले मस्की मस्की…,के गरीसमंगले…, बुढेसकालको…र D-Marcha ब्याण्डले झ्याम्प झ्याम्म…,नयाँ गित पाल मुनि जिवन.. तथा स्थानिय गायक सन्तोष बस्यालले रेसम फिलिलि झम्के परेली…, म यस्तो गित … लगायतका गित प्रस्तुत गर्दा दर्शकहरु साथमा साथ दिदै नृत्य गर्न व्यस्त भएका थिए। उक्त कन्सर्टमा कोकाकोला, टुवोर्ग, यामाहाको वाईक, स्कुटर, एईसीसी लगायतकाले प्रायोजन गरेका थिए ।
यसैबीच, उपहार योजना अन्तर्गत दैनिक १ लाख बराबरको नगद भौचर, मुभी टिकट, आकर्षक गिफ्ट ह्याम्पर ग्राहकले प्राप्त गर्नेछन् । त्यस्तै साप्ताहिक रुपमा सिजिको ३२ ईञ्चको एलईडी टिभी ५ थान र २ सय लिटरको फ्रिज ५ थान प्राप्त गर्नेछन् । यसैगरी बम्पर उपहारमा यामाहा बाइक, यामाहा स्कुटर, हिराको हार र मलेसियाको दोहोरो हवाई टिकट एक जनालाई प्रदान गरिने भएको छ। उपहार जित्नको लागि ग्राहकले पोखरा ट्रेडमल भित्रका जुनसुकै पसलमा सामान खरिद गर्दा उपहार कुपन प्राप्त गर्नेछन् । एक हजार सामान खरिद गर्दा एउटा र २ हजार ५ सय रुपैयाँ भन्दा माथीको सामान खरिदमा ३ वटा उपहार कुपन निःशुल्क प्राप्त गर्नेछन् । प्राप्त कुपन मध्ये लक्की ड्र बाट बिजेताको घोषणा गरिने भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution