जनताको मन जित्ने गरी काम गर्नोस्– प्यासी

  • पोखरा न्यूज
  • २०७३ आश्विन १५
जनताको मन जित्ने गरी काम गर्नोस्– प्यासी

 

पोखरा –

नेकपा (एमाले) निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष सोमनाथ अधिकारी प्यासीले जनताको मन जित्ने गरी काम गर्न कार्यकर्तासँग आग्रह गर्नुभएको छ ।

बडादसैँ, तिहार, नेपाल संवत् र छठका उपलक्षमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमालेले जनजागरणका लागि पार्टी कार्यकर्ता परिचालन गरिसकेको बताउनुभयो ।

सो अवसरमा पार्टीका केन्द्रीय सदस्य एवम् सांसद तुलबहादुर गुरुङ र पोलिटब्युरो वैकल्पिक सदस्य जगत् विश्वकर्माले सबै राजनीतिक दल एकता र सहकार्यको बाटाबाट अघि बढे मात्रै नेपाली जनताको भविष्य सुनिश्चित भएको धारणा राख्नुभयो ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घको ३१ औँ महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष विश्वशङ्कर पलिखे लगायत पदाधिकारी र मानवअधिकार संरक्षण मञ्चका अध्यक्ष नवदत्त ढुङ्गानालाई सम्मान गरिएको थियो । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस