पोखरा –
विश्वका होचा व्यत्तिको रुपमा विश्व कृर्तीमान राखेका खगेन्द्र थापा मगरले लखन बचत तथा ऋण सहकारी संस्था पोखराका जेष्ठ नागरीकलाई सम्मान गरेका छन । सहकारीको ७ औं साधारण सभाको अवसरमा कार्यक्रमका प्रमुख अतिथि रहेका खगेन्द्रले ६ जना जेष्ठ नागरीकहरुलाई सम्मान गरेको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीन बहादुर राना मगरले बताए ।
सम्मानित हुनेहरुमा ७६ बर्षीय विरबहादुर राना मगर, ८७ बर्षीया पुनिसरा गर्बुजा, ७६ बर्षीया यामकला थापा मगर, ८३ बर्षीया जौमाया राना मगर, ९२ बर्षीय जित बहादुर राना मगर र ९१ बर्षीया धनिसरा राना मगर रहेका छन । संस्थाका अग्रजहरुको रुपमा जेष्ठ नागरीकहरुलाई संस्थाले सम्मान पत्रको साथमा दोसला ओढायर सम्मान गरेको संस्थाका अध्यक्ष पुर्ण बहादुर रानाले बताए।
संस्थाका अध्यक्ष रानाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल मगरसंघ माटेपानी ईकाइसंघका अध्यक्ष चन्द्र प्रकाश थापा,बैदाम इकाईका अध्यक्ष क्याप्टेन रुद्र बहादुर थापा,जनचेतना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सरस्वती राना मगर, सल्लाहकारतथा अधिवक्ता महेन्द्रमान श्रेष्ठ, सचिव दुर्गा बहादुर थापा मगर लगायतले वोलेका थिए। २०६५ सालमा स्थापना भएको यस संस्थामा हाल १ सय ४३ जना शेयर सदस्य रहेका छन भने एक करोड ३२ लाखको पुंजी पुगेको संस्थाले जनाएको छ ।





