पोखराको मःम मेलामा दर्शकको घुईचो

पोखरा –

पोखरामा जारी पेप्सी मःम मेला तथा अल्टा म्यूजिक फेष्टिबलमा शनिवार दर्शकको घुईचो बढेको छ।

मेलाको दोस्रो दिन संगित र मःमका पारखिहरुको घुईचो लागेको थियो। शनिवार मात्र २७ हजार दर्शक सहभागि भएको दावी आयोजक ट्रेनर नेपालका अध्यक्ष रवीन गुरुङको छ। उनले मेलामा सहभागि भएर मनोरञ्जन लिन सबैलाई आग्रह गरेका छन्।

पोखराको प्रदर्शनी केन्द्रमा आयोजना गरिएको मेला १८ गतेसम्म चल्ने छ। मेला एक लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ।

मेलामा झण्डै २० वटा विभिन्न खेलका स्टल र पिङहरु तथा मःम सहित दशैका लागि आवश्यक खाद्य र लत्ताकपडाका स्ट्रलहरु छन्।दिउँसो लोक संङगितमा रमाएका दर्शकहरु साँझ भने अल्टा म्युजिक फेष्टिबलमा रमाईरहेका छन्।

शनिवार प्रजापति पराजुली, रति खड्का, नेत्र खड्का र रोम तामाङको प्रस्तुतीमा दर्शकहरु रमाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button