पोखरामा जोजिजू म्युजिक जर्नी सम्पन्न

पोखरा –

संगित क्षेत्रका तीन श्रष्टा सम्मानित

नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावलीको अवसरमा पोखरामा जोजिजू म्युजिकल जर्नी २०७३ सम्पन्न भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पोखरा रानिपौवामा रहेको जोजिजू म्युजिक सेन्टरको आयोजनामा शनिबार राति अवेर सम्पन्न भएको उक्त कार्यक्रमको अवसरमा काठमाण्डौं युथ आर्केष्टाको सांगितक धुन पहिलो पटक पोखरामा प्रस्तुत गरेकोे हो । संगीतको विकास गर्न बाद्यवादनको पनि विकास गर्ने उद्धेश्यले पोखरामा पहिलो पटक काठमाण्डौं युथ आर्केष्टाको सांगितक धुन प्रस्तुतः गरेको सेन्टरका प्रवन्ध निर्देशक तथा कार्यक्रम संयोजक विनित जोजिजूले बताए ।

jojiju-music-1

१४ औं संस्करणको उक्त कार्यक्रमको अवसरमा सेन्टरले गित संगितको क्षेत्रमा उलेखनिय योगदान पुराएका ३ जना श्रष्टालाई समेत सम्मान गरेको छ । बाद्यवादनको क्षेत्रबाट मै पाल लामा, चलचित्र नायकबाट तारा बहादुर गुरुङ र गायन क्षेत्रबाट पशुपति गुप्तालाई सम्मान गरीएको संयोजक जोजिजूले बताए । कार्यक्रमका प्रमुख अतिथि सह–क्षेत्रिय प्रशासक दिवाकर वाँस्तोला, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुस्मा पौडेल, संयोजक जोजिजूले सम्मानित व्यक्तिहरुलाई सम्मानपत्रको साथमा दोसला र खादा लगायर सम्मान गरेका हुन ।
jojiju-music-journey

त्यसै गरी सेन्टरका प्रशिक्षार्थी प्रिया गुरुङ र शोभा गुरुङलाई उत्कृष्ट प्रशिक्षार्थीबाट सम्मान गरीएको सेन्टरका व्यबस्थापक सानु जोजिजूले बताईन ।

कृयटिप्स रेकर्टस् नेपालले विश्वकै कान्छा ड्रमर उत्प्रेम जोजिजूलाई प्रदान गरेको दुई वटा रेकर्डस् समेत सार्वजनीक गरीएकोे छ । सुपर वल्ड रेकर्डस् र कृयटिप्स वल्र्ड रेकर्ड्को विधामा उक्त वल्र्ड रेकर्डको प्रमाण–पत्र सह क्षेत्रिय प्रशासक बास्तोलाले सार्वजनीक गरेका हुन ।

संगीतको उत्थान हाम्रो दाहित्व भन्ने मुल नाराका साथ सेन्टरले विगत १४ बर्ष देखि नेपाली गित संगित र नृत्यको क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको सेन्टरका व्यबस्थापक सानु जोजिजूले बताईन । गायक सन्तोस वस्याल, नव गायक एलविन थापा, प्रशिक्षार्थी प्रिया गुरुङ, शोभा गुरुङ र उसा गुरुङले गित प्रस्तुतः गरेका थिए । कार्यक्रममा युथ आर्केष्टाको सांगितक टोलीबाट शुभकामना, मालक्षी, शिलु, बाजोखेतमा, प्रिजन मुभमेन्ट, एसएट, नेवारी, नेपाली र पश्चिमी शैलिको धुन समेत प्रस्तुतः गरेका थिए । सांगीतीक धुन अन्र्तगत वाद्यवादन तर्फ प्यानोमा सविन मुनीकार, प्रकशनमा नुछे राजा मुनिकार, वासुरीमा निशेस महर्जन, भ्वाईलीनमा सुधाकर वस्ती, ईभा महर्जन, मनीकराज महर्जन, चेलोमा विमीना महर्जन र गिटारमा बिशान महर्जन रहेका थिए।

डान्स प्रशिक्षक राजु गुरुङको कोरीयो ग्राफिमा नृत्य प्रदर्शन भएको थियो । सेन्टरका बिद्यार्थीहरुबाट विभिन्न सांगीतिक कार्यक्रमहरु भएको थियो । यसै बिच आइृतबार युथ आर्केष्टाको सांगितक टोलीबाट सेन्टरमा म्युजिक कार्यशाला आयोजना भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button