पोखरामा जोजिजू म्युजिक जर्नी सम्पन्न

  • पोखरा न्यूज
  • २०७३ आश्विन १६
Post Thumbnail

पोखरा –

संगित क्षेत्रका तीन श्रष्टा सम्मानित

नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावलीको अवसरमा पोखरामा जोजिजू म्युजिकल जर्नी २०७३ सम्पन्न भएको छ ।

पोखरा रानिपौवामा रहेको जोजिजू म्युजिक सेन्टरको आयोजनामा शनिबार राति अवेर सम्पन्न भएको उक्त कार्यक्रमको अवसरमा काठमाण्डौं युथ आर्केष्टाको सांगितक धुन पहिलो पटक पोखरामा प्रस्तुत गरेकोे हो । संगीतको विकास गर्न बाद्यवादनको पनि विकास गर्ने उद्धेश्यले पोखरामा पहिलो पटक काठमाण्डौं युथ आर्केष्टाको सांगितक धुन प्रस्तुतः गरेको सेन्टरका प्रवन्ध निर्देशक तथा कार्यक्रम संयोजक विनित जोजिजूले बताए ।

jojiju-music-1

१४ औं संस्करणको उक्त कार्यक्रमको अवसरमा सेन्टरले गित संगितको क्षेत्रमा उलेखनिय योगदान पुराएका ३ जना श्रष्टालाई समेत सम्मान गरेको छ । बाद्यवादनको क्षेत्रबाट मै पाल लामा, चलचित्र नायकबाट तारा बहादुर गुरुङ र गायन क्षेत्रबाट पशुपति गुप्तालाई सम्मान गरीएको संयोजक जोजिजूले बताए । कार्यक्रमका प्रमुख अतिथि सह–क्षेत्रिय प्रशासक दिवाकर वाँस्तोला, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुस्मा पौडेल, संयोजक जोजिजूले सम्मानित व्यक्तिहरुलाई सम्मानपत्रको साथमा दोसला र खादा लगायर सम्मान गरेका हुन ।
jojiju-music-journey

त्यसै गरी सेन्टरका प्रशिक्षार्थी प्रिया गुरुङ र शोभा गुरुङलाई उत्कृष्ट प्रशिक्षार्थीबाट सम्मान गरीएको सेन्टरका व्यबस्थापक सानु जोजिजूले बताईन ।

कृयटिप्स रेकर्टस् नेपालले विश्वकै कान्छा ड्रमर उत्प्रेम जोजिजूलाई प्रदान गरेको दुई वटा रेकर्डस् समेत सार्वजनीक गरीएकोे छ । सुपर वल्ड रेकर्डस् र कृयटिप्स वल्र्ड रेकर्ड्को विधामा उक्त वल्र्ड रेकर्डको प्रमाण–पत्र सह क्षेत्रिय प्रशासक बास्तोलाले सार्वजनीक गरेका हुन ।

संगीतको उत्थान हाम्रो दाहित्व भन्ने मुल नाराका साथ सेन्टरले विगत १४ बर्ष देखि नेपाली गित संगित र नृत्यको क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको सेन्टरका व्यबस्थापक सानु जोजिजूले बताईन । गायक सन्तोस वस्याल, नव गायक एलविन थापा, प्रशिक्षार्थी प्रिया गुरुङ, शोभा गुरुङ र उसा गुरुङले गित प्रस्तुतः गरेका थिए । कार्यक्रममा युथ आर्केष्टाको सांगितक टोलीबाट शुभकामना, मालक्षी, शिलु, बाजोखेतमा, प्रिजन मुभमेन्ट, एसएट, नेवारी, नेपाली र पश्चिमी शैलिको धुन समेत प्रस्तुतः गरेका थिए । सांगीतीक धुन अन्र्तगत वाद्यवादन तर्फ प्यानोमा सविन मुनीकार, प्रकशनमा नुछे राजा मुनिकार, वासुरीमा निशेस महर्जन, भ्वाईलीनमा सुधाकर वस्ती, ईभा महर्जन, मनीकराज महर्जन, चेलोमा विमीना महर्जन र गिटारमा बिशान महर्जन रहेका थिए।

डान्स प्रशिक्षक राजु गुरुङको कोरीयो ग्राफिमा नृत्य प्रदर्शन भएको थियो । सेन्टरका बिद्यार्थीहरुबाट विभिन्न सांगीतिक कार्यक्रमहरु भएको थियो । यसै बिच आइृतबार युथ आर्केष्टाको सांगितक टोलीबाट सेन्टरमा म्युजिक कार्यशाला आयोजना भयो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस