महोत्तरी –
हिन्दूहरुको घरआँगनमा बडादशैँ आएलगत्तै मिथिलाञ्चल क्षेत्रमा झिझिया नृत्यले धुम मच्चाएको छ । महोत्तरी, धनुषा, सर्लाही, सिरहालगायत मिथिलाञ्चलको धर्ती दसैँको अवधिभरि नै रातिको समयमा झिझियाका लोकगीतले रौनक बढाएको छ ।
रातिको समयमा गाउँको चौवटियामा महिलाले समूह बनाएर नाचगान गर्दै झिझिया नृत्यमा रमाइलो गरेसँगै तराई क्षेत्रमा यस नृत्यको महत्व नै बेग्लै रहेको पाइन्छ ।
राति खाना खाएर गाउँका महिला ग्रामीण देवता ९ब्रह्मबाबा०को मन्दिरमा जम्मा भई झिझिया नृत्य सुरु गर्ने गर्छन् । ब्रह्मबाबालाई सलामी ९एउटा सुपारी० राखेर सुरुवात गरिएको सो नृत्यमा युवतीदेखि लिएर वृद्धासम्मका महिला सहभागी भएर घरघरमा गई नृत्य गर्ने गर्छन् ।
नृत्यमा सहभागीमध्ये एकजनाले टाउकोमा एउटा घैँटो राखेको हुन्छ । जसमा सानो सानो प्वाल पारिएको हुन्छ भने सो भित्र अलिकति गोबर राखी दियो बालिएको हुन्छ । जसको भित्र एउटा दियो बलेको हुन्छ र प्रत्येक महिलाले झिझियाको गीत गाउँदै नाचगान गर्दै रमाइलो गर्ने गर्छन् ।
वर्षौंदेखि चल्दै आएको धर्म, सांस्कृतिक र परम्परालाई जगेर्ना गर्नका लागि तराईका महिला हरपल लाग्दै आएको महोत्तरी भरतपुरकी ६० वर्षीया वृद्धा कुसमा देवीले बताइन् । पछिल्लो समयमा आएर विभिन्न किसिमका आन्दोलनले गर्दा वर्तमान समय रातिको समयमा घरबाट निस्किने वातावरण नभएकाले यस नृत्यमा भने निश्चित रुपमा केही कमी भएको उनले महसुस गर्दै आएको तर्क उनले राखेकी छन् ।
दसैँको घटस्थापनादेखि सुरु भएको झिझिया नृत्य दसैँ अवधिभरि रातिको समयमा तराईका महिलाले समूहगत रुपमा मनाउने गरिन्छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution