गाउँ शहर दोहोरी साँझ अब आरके विल्डिङ चिप्लेढुङ्गामा

पोखरा –

पोखराको सिर्जनाचोकबाट लोक दोहोरी प्रेमीको मनमुटुमा बस्न सफल गाउँ शहर दोहोरी साँझ हालैमात्र पोखराको मानवअधिकारचोक चिप्लेढुङ्गामा सरेको छ ।

नयाँ स्थानबाट सेवा सुरु गरेको उपलक्ष्यमा यहि आश्विन १५ गतेबाट विशेष कार्यक्रमको आयोजना गाउँ शहर दोहोरी साँझमा भइरहेको छ । आश्विन २० गतेसम्म चल्ने विशेष कार्यक्रममा पशुपती शर्मा, बद्री केसी, प्रिति आलेमगर, राम्जी खाँड, सर्मीला गुरुङ्ग, सागर गुरुङ्ग, अप्सरा गुरुङ्ग, कल्पना गुरुङ्गको प्रस्तुती राखिरहेका छन् । नयाँ व्यवस्थापनका साथ दोहोरी पारखीको मन जित्ने उद्धेश्यले आर के विल्डिङ चिप्लेढुङ्गामा सरेको सञ्चालक दिलु लामाले बताइन् ।

gau-sahar-dohori-sajh-2

नियमित कलाकारमा दुर्गा गुरुङ्ग, दिलु लामा, ओम गुरुङ्ग, राज विश्वकर्मा, भानु पौडेल, सुनिल गुरुङ्ग, गोविन्द मगर, प्रेम बहादुर रोका, धन श्रेष्ठ, उत्तम तामाङ लगायतले आफ्नो प्रस्तुती राख्ने गरेको पूर्व राष्ट्रिय खेलाडि समेत रहेका सञ्चालक टहलसिँह थापाले बताए । दोहोरी साँझको सञ्चालकमा दुर्गा गुरुङ्ग, दिलु लामा, टहलसिँह थापा, इश्वर खाँण र भानु पौडेल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button