पोखरामा सस्तो व्यापार मेलाको तयारी पूरा

पोखरा –

पोखराको पृथ्वीचोकमा रहेको बास्तोला कम्प्लेक्समा मङ्गलबारदेखि सस्तो व्यापार मेला–२०७३ शुरु हुदैछ।

विजयादशमी तथा शुभ दिपावलीको अवसरमा उपभोक्ताको सहजताका लागि मेला गर्न लागिएको हो। मेलाको सम्पूर्ण तयारी पुरा भएको सञ्चालक माधव बास्तोलाले जानकारी दिए। कम्प्लेक्स उद्घाटनको समेत अवसर पारेर आयोजना गरिएको मेला २२ गतेसम्म चल्ने छ।

पोखरा बसपार्कस्थित कम्प्लेक्स प्रा·णमा नै आयोजना गर्न लागिएको मेलामा प्रत्यक दिन चर्चित हाँस्य तथा लोकदोहोरी कलाकारको प्रस्तुती रहने छ।

मेलामा मातृशक्ति गृहणी नृत्य प्रतियोगिता समेत राखिएको छ। प्रवेश निशुल्क राखिएको सो मेलामा सहभागि दर्शकले दुई सय बराबरको सामान किने एउटा कुपन दिई भाग्यशाली ग्राहक एवम् दर्शकलाई च्याङ्ग्रा उपहार प्रदान गरिने छ।

मेलामा पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा स्वागतका साथै विशेष सहयोगी व्यक्तित्व, पहिलो पसल धनी र उत्कृष्ट पसल सजावटलाई सम्मान गरिने छ।

मेला अवधिभर प्रति दिन ५० लाख भन्दा माथिको कारोवार हुने अपेक्षा गरिएको छ। कम्प्लेक्समा एकै छान मुनी सस्तो गुणस्तरीय समानको उपलब्धता , पसल विमाको व्यवस्था, सिसि क्यामरा , वाईफाईको व्यवस्था, थोक तथा खुद्रा व्यापार, २४ सै घण्टा सुरक्षाको व्यवस्था, प्रर्याप्त प्रार्किङको व्यवस्था रहेको बताइएको छ।

करिव तीन करोडको लागतमा सञ्चालनमा आएको कम्प्लेक्समा तीन सय २० वटा सटर रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button