दसैँ सुरु भएदेखि यात्रुको सङ्ख्यामा वृद्धि

काठमाडौँ –

दसैँ सुरु भएदेखि घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिक ८० देखि ९० हजार नागरिक दसैँ मान्न घर जान थालेका छन् । महाशाखाका सहायक प्रवक्ता राजेन्द्र भट्टका अनाुसार गत सोमबार बिहानदेखि आज बिहानसम्म उपत्यकाबाट आठ हजार ८१४ सवारी साधनमा ८९ हजार ६५९ यात्रु बाहिरिएका छन् ।

उहाँले भन्नुभयो, “अरु समयमा ६० हजारदेखि ६५ हजारको हाराहारीमा बाहिरिने गरेकामा घटस्थापनादेखि बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ ।” यात्रु नठगिउन भन्ने उद्देश्यले यातायात व्यवस्था विभाग र ट्राफिक महाशाखाको टोली दिनहुँ अनुगमनमा जाने गरेको भट्टले बताउनुभयो । महाशाखाले यात्रुको सहजताका लागि उपत्यकाका विभिन्न १२ स्थानमा नागरिक सहायता कक्ष सञ्चालन गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button