पोखरामा पहिरो पीडितलाई सहयोग

पोखरा-

कालिका गाविस–६ गारकाटे निवासी घाइत्ते बोधराज तिमिल्सेनालाई आर्थिक सहयोग गरिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पोखरा–८ न्यूरोड स्थित विजेन सप्लायर्सका प्रोपाइटर विश्वराज श्रेष्ठले सहयोग गरेको रु २० हजार रुपैयाँ नेपाली काँग्रेस कालिका गाउँ इकाई समितिका सभापति भानुभक्त ढकाल मार्फत र नेका कास्की पार्टी सभापति कृष्ण केसीको रोहवरमा घाइतेलाई सहयोग हस्तान्तरण गरिएको थियो ।

गत भदौ २२ गते राती गएको पहिरोमा परि आफ्नै घरले पुरिँदा तिमिल्सेना घाइते भएका थिए । घर पूर्ण क्षेती पुगेको उक्त परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको पारिवारिक स्रोतले जानकारी दिएका छन् । घाइतेको दाहिने खुट्टा काट्टिएको र देव्रे खुट्टा विभिन्न ठाउँमा भाच्चिएको अवस्थामा उपचार भइरहेको छ । सार्वजनिक जमिनमा अस्थायी बसोवास गर्दै आएका तिमिल्सेना परिवारलाई उचित वसोवासकोलागि नेवि संघका केन्द्रीय सदस्य समेत रहेका कालिकाका सभापति भानुभक्त ढकालले पोखराका लायन्स क्लवहरुलाई समेत सहयोगका लागि गुहार्ने बताएका छन् । घाइतेको गण्डकी अस्पतालमा उपचार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button