कास्कीमा ९६ सवारी दुर्घटनामा ३५ को मृत्यु

  • पोखरा न्यूज
  • २०७३ आश्विन २०
Post Thumbnail

 

पोखरा –

कास्कीमा आव २०७२- ७३ को साउन १ देखि असार मसान्तसम्म भएका ९६ सवारी दुर्घटनामा ३५ जनाको मृत्यु भएको छ ।

सवारी दुर्घटनामा २८ पुरुष, चार महिला र तीन बालकको मृत्यु भएको थियो भने ४४ जना गम्भीर घाइते र २० जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख विश्वराज अधिकारीले जानकारी दिनुभयो ।

सो अवधिमा सबैभन्दा बढी ४६ वटा मोटरसाइकल सवारी दुर्घटनामा परेका थिए । त्यस्तै ट्रक- ट्याङ्कर १२, बस १६, कार-जिप १०, ट्र्याक्टर नौ र अन्य तीन वटा सवारीसाधन दुर्घटनामा परेका थिए । ती दुर्घटनामा पाँच चौपाय पनि मरेका थिए । रासस



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस