पोखरामा सडक बालबालीकाको सङख्यामा बृद्धि हुदै

पोखरा –

पोखरामा सडक बालबालीकाको सङख्यामा बृद्धि भएको छ । अघिल्लो बर्ष पोखरामा १ सय ११ जना सडक बालबालीकाहरु रहेको बताएका कास्कीका स्थानीय विकास अधिकारी दामोदर भण्डारीले आर्थिक बर्ष २०७२-०७३ मा भने ह्वात्तै बृद्धि भएको दाबी गरेका छन ।

Hot Air Balloon Booking
Paragliding Pokhara

रेन्बो चिल्ड्रेन होम नेपालको ८ औं साधारण सभा तथा चौथो अधिवेसनको उद्घाटन गर्दै कास्कीका स्थानीय विकास अधिकारी भण्डारीले पोखरामा हाल २ सय ९ जना सडक बालबालीकाहरु रहेको बताएका हुन । विभिन्न क्षेत्रका सडक बालबालीकाहरुले उचित संरक्षण नपाएको कारणले गर्दा पोखरामा सडक बालबालीकाहरुको सङख्यामा बृद्धि भएको भण्डारीले बताए । उनले भने “सडक बालबालीकाहरुको नागरीकताको बिषयलाई केहि व्यत्तिहरुले आत्म हत्यासम्म गर्ने गरेका छन, अब यसमा सरोकार पक्षहरु अझ बढी सजग हुनु पर्दछ । ”

रेन्बो चिल्ड्रेन होममा हाल ४० जनाबालबालीका बालगृहमा र ३२ जना बालबालीकाहरु संरक्षित भएको होमका निर्देशक गोमा ढकालले बताईन ।

होमका अध्यक्ष राजेन्द्र थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बालगृह महासंघका नेपाल सचिव विजय प्रधान, समाजसेवि गणेश बहादुर ढकाल, केन्द्रीय वालअधिकार श्रोत व्यक्ति वद्री वाग्ले, गैसस महासंघ कास्कीका उपाध्यक्ष पदमराज पहारी, वालगृह संजाल कास्कीका अध्यक्ष डा. राजेन्द्र गौतम, नेपाल पर्यटन वोर्डका पुर्व सदस्य अग्नी कणेंल, पोखरा पर्यटन परिषदका महासचिव रामु गौतम, पोखरा उपमहानगरपालीका कार्यालयका सामाजिक विकास प्रमुख दुर्गा न्यौपाने, जिल्ला प्रहरी कार्यालय कास्कीका महिला तथा वालवालीका सेलबाट गिता रानाभाट, होमका उपाध्यक्ष दुगा केसी, सचिव इन्दिरा लामिछाने लगायतले वालवालीकाहरुको संरक्षणमा सवैको चासो जानुपर्नेमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button