पोखरा –
नेपालीहरुको महान चार्ड दशैं पर्वलाई लक्षित गरी पोखराको पुरानो टुडिखेल क्षेत्रमा आयोजना भएको दशैं हार्ट बजारमा सामान किन्नेहरुको भिडभाड भएको छ ।
हिमालपारीको जिल्ला मुस्ताङबाट ल्याइएको भेडा च्याङग्रा देखि दशैं पर्वको लागि अति आवश्यक दैनिक उपभोग्य बस्तुहरु एकै थलोमा पाईने भएकोले दशैं पर्वको सामान किन्नेहरुको आज शनिबार फुलपानीको विहान देखि टुडिखेल क्षेत्रको उपभोक्ताहरुको भिडभाड भएको हो।
हार्ट बजारमा हस्तकलाका सामान देखि लक्ता कपडासम्म पाउने भएकोले पनि पोखरा क्षेत्र सहित कास्कीका गाँउ गाँउबाट समेत उपभोक्ताहरु मेलामा सामानहरु किन्न आएको स्थानीय राधा गुरुङले बताइन ।

यस बर्ष देखि बुद्ध टोल युवा परिवारले टुडिखेल मेला आयोजना गरेको छ । मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम सहित व्यापारीक स्टलहरु समेत रहेको छ । राष्ट्रिय उच्च माविको उक्त सार्वजनीक जग्गा पोखराको पुनारो टुडिखेलमा यस बर्ष परिवारले मेला सहित विभिन्न व्यापारीहरुसंग सरसफाई शुल्क वापत २ सय देखि ५ सय रुपैया उठाउदैछ । मेला सहित हार्टबजार यही असोज २४ गतेसम्म चल्ने भएको छ।
एकिकृत इन्द्रेणी विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले पोखराको पुरानो टुडिखेलमा कृषि औजारका सामानहरु बढी विक्रि वितरण गर्ने गरी व्याबस्थापन हुनुपर्नेमा यस पाली टुडिखेलमै छुट्टै मेला समेत आयोजना भएकोले कृषि औजारहरुको राम्रो बजारीकरण र विक्रि हुन नसकेको उनले गुनासो गरे ।
पोखरामा यस बर्ष करीब १६ हजार भेडा च्याङग्रा भित्रिए पनि अधिकाशं भेडा च्याङग्राको विक्रि वितरण भने पोखरा हेमजा देखि याम्दी क्षेत्रमै बढी मात्रमा विक्रि वितरण भएको एक भेडा च्याङग्रा व्यवसाय देव बहादुर रानाले बताए । उनले भने “यस पाली हामीले भेडा–च्याङग्रा विक्रि गर्न पुरानो टुडिखेलमा थोरै सङख्यामा मात्र लग्यौं । ” टुडिखेलमा भेडा च्याङग्रालाई पानी खुवाउन र टुडिखेलमा खोरको मात्र १० हजारसम्म शुल्क तिर्न पर्ने भएकोले थोरै सङख्यामा मात्र टुडिखेलमा ल्याएको उनले बतए । मुस्ताङ क्षेत्रमै १९ हजार देखि १९ हजार ५ सय सम्ममा भेडा–च्याङग्रा आफुहरुले तिरेकोले यस क्षेत्रमा १५ हजार देखि २२ हजारसम्ममा विक्रि गरेको उनले बताए । यस पाली पनि भेडा च्याङग्रा किन्न उपभोक्ताहरु पुरानो टुसिडखेल देखि पोखराको सिमपानी, याम्दी हुदै हेमजासम्म जानु पर्यो ।





