पोखरामा चहलपहल सुरु

पोखरा –

तालबराही मन्दीरमा कोजाग्रत पुर्णिमामा बर्षकै सबै भन्दा बढी भिड

आज दशैंको चौथो दिन अर्थात शुक्ल त्रयोदशी तिथि पोखरामा आज देखि पुनः चहल पहल सुरु भएको छ ।

नेपालीहरुको महान पर्व विजया दशमी पर्वको अवसरमा केहि दिन चहलपहल कम भएको पोखरामा आज सुक्रबार देखि चहल पहल सुरु भएको हो । आज देखि सरकारी कार्यालय सहित विभिन्न व्यापारीक प्रतिष्ठान सहितका पसलहरु समेत संचालन सहित विभिन्न रुटमा स्ांचालन हुने सवारीसाधनहरु समेत पुर्ववत रुपमा सेवा संचालन गरेकोले पोखरामा सुक्रबारदेखि चहल पहल सुरु भएको हो । पोखरा क्षेत्रमा रहेका करीब ७० प्रतिशत भन्दा बढी पसलहरु संचालनमा आएकोका व्यवसायीहरु बताउछन ।

भोलि शनिबार कोजाग्रत पुर्णिमा यस अवसरमा पोखराको मुख्य पर्यटकीय एवं धार्मिक स्थल ताल वराही मन्दिरमा दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ । बर्षकै सवै भन्दा बढी दर्शनार्थीहरुको भिड हुने दिनको रुपमा रहेकोले धेरै दर्शनार्थीहरुले जमरा सेलाउने देखि ताल बराही मन्दीरमा दर्शन गर्दा मनोकाक्षा पुरा हुने धार्मिक विश्वासले मन्दीरमा दर्शन गर्न विहान ४ बजे देखिभिड हुने गर्दछ । मन्दीरमा दर्शनार्थी सहित पर्यटकहरुलाई लैजान शनिबार विहान देखि डुंगा व्यावसायीहरुलाई भ्याई नभ्याई हुने भएको डुंगा व्यवसायी पृतम कुंवरले बताए । फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बुद्धि बहादुर नेपालीले यस बर्ष ताल वराही मन्दीरमा जाने दर्शनार्थीहरुको लागि मध्यनजर गर्दै आवश्यक पर्ने डुंगाको व्यबस्था मिलाएको बताए । उनका अनुसार ३ सय ५६ वटा डुंगा तयारी अबस्थामा हुन्छन । लाईफ ज्याकेट अनिवार्य रुपमा लगाउन आफुहरुले लाइफ ज्याकेटको समेत व्यबस्था समेत गरेको नेपालीले बताए ।

पोखरा क्षेत्रमा रहेको भगवान दुर्गा माताको मन्दीरहरुमा दशैं पर्वको अवसरमा दर्शनार्थीहरुको यस बर्ष पनि उतिकै भिडभाड भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button