भक्तपुर –
शिक्षा मन्त्री धनीराम पौडेलले अबको शिक्षालाई प्रविधिसँग जोडेर लैजानुपर्ने बताउनुभएको छ ।
शिल्पकार समाज नेपालले आज भक्तपुरमा आयोजना गरेको सम्मान तथा सांस्कृतिक कार्यक्रममा बोल्दै उहाँले प्राविधिक शिक्षालाई मुख्य विषय बनाएर लैजान शिक्षा मन्त्रालय लागेको बताउनुभयो । प्राविधिक शिक्षा र सीपलाई सँगै लैजान सकेमात्र विश्व बजारमा नेपालको शिक्षाले स्थान पाउने उहाँको भनाइ थियो ।
भूकम्पका कारण भत्किएका विद्यालयको पुनःनिर्माणका क्रममा इतिहास एवम् सम्पदालाई जोगाउनुपर्नेमा जोड दिँदै उहाँले पुनःनिर्माणमा शिल्पकारहरुको भूमिका महत्वपूर्ण हुने चर्चा गर्नुभयो ।
कार्यक्रममा २०७२ सालको प्रवेशिका परीक्षामा शिल्पकारहरुबाट एसएलसी उत्तीर्ण हुने ४७ जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।
त्यस अवसरमा कार्यक्रम संयोजक रत्नप्रसाद शिल्पकार, कार्यक्रमका सभापति पुरुषोत्तम शिल्पकार, नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापा, माओवादी केन्द्रका जिल्ला संयोजक देवेन्द्र श्रेष्ठलगायतले शिक्षालाई निःशुल्क गर्नुपर्नेमा जोड दिनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution