रेडगोल्ड इन्टरटेनमेन्टले गोलमोल बनायो

पोखरा –

पछिल्लो समयमा हाँस्यब्यङ्ग्य क्षेत्रले धेरै कलाकारहरुलाई भित्राइरहँदा रेडगोल्ड इन्टरटेनमेन्ट पोखराले पनि सबै नयाँ आनुहार सँगै आफ्नो नयाँ हाँस्यब्यङ्ग्य सर्ट—मुभी गोलमोलको छायङ्कन कार्यलाई तिब्रता दिएको छ ।

राम बाँस्तोलाको निर्देशनमा तयार हुन लागेको सर्ट–मुभीमा मुख्यतः राम बाँस्तोलासँगै बिशाल सुनार, बज्र अधिकारी, सबिना थापा, सरिता शर्मा, रुपेश कार्की, प्रज्वल भित्रीकोटि, कृष्ण कार्की, नबिन ढुङ्गाना, सन्दिप रेग्मी, बिकास गौतम, साबित्री कोइराला, मन्जु दाहाल लागायत बिस बढि कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

देशमा बिद्यमान समस्या माथीको सोझो हाँस्यब्यङ्ग्य प्रहार गरिएको उक्त सर्ट–मुभी आफ्नो ब्यानरमा निर्माण गर्न पाउनु आफैमा गौरवको बिषय भएको रेडगोल्ड इन्टरटेनमेन्टका सँस्थापक रोशन कोइरालाले बताए । यता नया कलाकार सँगै काम गर्दाको अनुभव सुनाउँदै निर्देशक बाँस्तोला भन्छन् – नाया कलाकार सँग काम गर्दा गाह्रो भएतापनि सुटिङ समयको त्यो रमाइलो पनले सबै दुःख बिर्सायो । बिभिन्न समस्या र चुनौतीका बाबजुत पनि कतै नडगमगाइकन काम गरिएको छ र म यति कुरामा ढुक्क छु कि हिजो काम थाल्दा खुट्टा तान्नेहरुले भोली यो सर्ट–मुभी हेरेर अवस्य ताली मार्ने छन् ।

कास्कीको सार्दिखोला चौरमा छायङ्कन गरिएको उक्त सर्ट—मुभीको सम्पादन नबिन खत्रीले गर्ने भएका छन । यस सर्ट–मुभीमा सल्लाहकारको रुपमा रहेका सञ्चारकर्मी नारायण भट्टराई खुशी ब्यक्त गर्दै भन्छन् – हामी हिजो कथा लेख्दा देखी छायङन सम्म नै सँगै रहियो । हुन त कथा एउटा कोठा भित्र बसेरै पनि बनाउन सकिन्थ्यो होला तर त्यसो नगरीकन समुहमा बसेर सबैको सल्लाहमा कथा तथा संवाद तयार पारिएको छ । त्यस्तै अब सुटिङ हुने दिन आयो भन्दा सबैको ओठमा छाएको त्यो उत्सुकताले पनि यो मुभी धेरै राम्रो बन्नेमा म आशावादी छु ।

असोज १७ गते एक कार्यक्रका बिच शुभ–मुहुर्त सँगै छायङकन सुरु गरिएको सर्ट–मुभीको कथा बिशाल सुनारले लेखेका हुन् । लेखक सुनार भन्छन् – कथा लेख्दा सम्म पनि काम थालेको आभाष् भएकै थिएन तर आज सुटिङ कार्य धमाधम चलिरहेको छ । अचम्म लागीराछ ।

मङसीरको पहिलो साता सम्ममा प्रदर्शनमा ल्याउने तयारी गीएको उक्त हाँस्यब्यङ्ग्य सर्ट–मुभीले सबैको मन जितोस, चर्चाको शिखर चुमोस हाम्रो शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button