नेपाल संवत ११३७ को अवसरमा पोखरामा भिन्तुना रयाली हुने

पोखरा –

नेपालीहरुको मौलिक संवत नेपाल संवत ११३७ को अवसरमा नेवा खलः कास्कीले पोखरामा भिन्तुना र्याली गर्ने भएको छ । कार्यक्रमको बारेमा जानकारी दिन सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा खलका अध्यक्ष अशोक पालिखेले कात्तिक १५ गते भिन्तुना र्याली गरिने बताए । नेपालीहरुको महान पर्व दिपावली अन्र्तगतको नेवारी समुदायमा प्रचलित म्ह पुजाको दिन बाट नयाँ बर्ष प्राराम्भ हुने हुँदा उक्त दिन हरेक बर्ष जस्तै यस बर्ष पनि पोखरामा भिन्तुना र्यालीमा बिभिन्न जातजातीका झाँकी सहित पोखरा नगर परिक्रमा गरिने पालिखेले बताए ।

रयाली पोखराको टुँडिखेलबाट शुरु भई मुख्य बजार परिक्रमा गरि नेवा छेँ भिमसेन टोलमा पुगेर शुभकामना सभामा परिणत हुनेछ । भिन्तुना र्यालीमा नेवारी संस्कृतिमा आधारित बिभिन्न नृत्य, बाजा, तथा झाँकीको प्रदर्शन गरिने छ । र्यालीमा सम्पुर्ण जातजातीहरुलाई आ–आफ्नो भेषभुषामा सहभागी भई मौलिक संवत नेपाल संवतको प्रचार प्रसारमा सघाउन पनि आयोजकले आग्रह गरेको छ ।

कार्यक्रमलाई प्रचारप्रसार गर्न साईकल सिटी पोखरा तथा नेवा पत्रकार पुच पोखराको सहआयोजनामा साइकल र्याली हुने र्याली संयोजक सन्जय मल्लले बताए । साइकल र्याली नेपाल संवत शुरु हुने पुर्व सन्ध्या अर्थात लक्ष्मी पुजाको दिन आयोजना गरिने छ । कात्तिक १४ गते आइतबार बिहान ७ बजे प्रचारात्मक साईकल र्याली नेवा छेँ भिमसेन टोल बाट शुरु भएर पोखरा उपत्यका परिक्रमा गर्ने मल्लले बताए । जम्मा १८ किलोमिटरको रुट तय गरिएको र्यालीमा २ सय जना साइकलिष्टको सहभागी रहने अपेक्षा आयोजकले लिएको छ ।

नेपाल संवतकै अवसरमा भैरब साँस्कृतिक संरक्षण समिती, लायन्स क्लब अफ पोखरा भैरब र शिब मन्दिर संरक्षण समितीको संयुक्त आयोजनामा कात्तिक १४ गते लक्ष्मी पुजाको दिन नेपाल संवत तथा दिपावलीको शुभकामना र रक्तदान कार्यक्रम हुने भएको छ । भैरबटोल साँस्कृतिक संरक्षण समितीको प्राङ्गण भैरबटोलमा बिहान ८ बजे कार्यक्रम हुने आयोजकले जनाएको छ ।

नेपालको मौलिक सम्बतका रुपमा रहेको नेपाल सम्बत राष्ट्रिय विभुती शंखधर साख्वाले चलाएका हुन् । साख्वाले तत्कालीन नेपाल भनेर चिनिने काठमाडौ, ललितपुर र भक्तपुरका जनताको ऋण तिररे नेपाल सम्बत चलाएका हुन् । सरकारले नेपाल सम्बतका प्रबर्तक साख्वालाई विक्रम सम्बत २०५५ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो । नेपाल सम्वत् नेपालमै प्रादूर्भाव भएको सम्वत हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button