भारतीय राष्ट्रपतिको पोखरा भ्रमणको तयारी बैठक

पोखरा –

भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालको राजकीय भ्रमणका क्रममा पोखराको पनि भ्रमण गर्ने हुँदा त्यसको तयारी बैठक यहाँ आज बस्यो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

भारतीय राष्ट्रपति मुखर्जीको यही कात्तिक १७ देखि १९ गतेसम्म नेपालको राजकीय भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

discussion

नेपाल भ्रमणका क्रममा भारतीय राष्ट्रपति मुखर्जीले कात्तिक १९ गते पोखराको पनि भ्रमण गर्ने कार्यक्रम रहेकाले यसलाई भव्यताकासाथ सफल बनाउन पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक खगराज बरालको संयोजकत्वमा मूल व्यवस्थापन सहयोग समिति गठन गरिएको छ ।

मूल व्यवस्थापन सहयोग समितिअन्तर्गत स्वागतद्वार निर्माण तथा सरसफाइ, स्वागत व्यवस्थापन, निर्माण र पूर्वाधार तथा प्रचारप्रसार समितिलागयत गठन गरिएको छ ।

राष्ट्रपति मुखर्जी कात्तिक १९ गते १२ बजेर ४५ मिनेटमा बुद्ध एअरको विमानबाट पोखरा विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको छ । विमानस्थलबाट सिधै खाना खानका लागि पोखरा ग्रान्ड होटलमा जाने र केही समय आराम गरेपछि अपराह्न ३ बजे पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा जम्मा भएका भारतीय भूतपूर्व सैनिकको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको क्षेत्रीय प्रशासक बरालले बैठकमा जानकारी गराउनुभयो । भूतपूर्वसैनिकको भेलालाई सम्बोधन गरिसकेपछि राष्ट्रपति मुखर्जी सोहि दिन काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

यसअघि कात्तिक १९ गते नै राष्ट्रपति मुखर्जी काठमाडौँबाट जनकपुर जाने र त्यही दिन जनकपुरवाट काठमाडौँ फर्किने कार्यक्रम पनि रहेको क्षेत्रीय प्रशासक बरालले बताउनुभयो । राष्ट्रपति मुखर्जीको भ्रमणलाई ध्यानमा राखेर पोखरामा उच्च सुरक्षा व्यवस्था मिलाइएको छ । सुरक्षाको जिम्मा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले लिएका छन् ।

राष्ट्रपति मुखर्जीको भव्य स्वागतका लागि होटल ग्रान्डदेखि रामबजारस्थित भारतीय पेन्सन क्याम्पसम्म स्वागतद्वार बनाइने भएको छ । राष्ट्रपति मुखर्जीको सवारी हुने पथमा नेपाल र भारतीय झन्डा फहराइने कार्यक्रम छ ।

यसैगरी नेपालको परम्पररागत मौलिक झल्कने खालका सांस्कृतिक झाँकी, बाजागाजा एवम् अभिवादनबाट श्रद्धा एवम् हार्दिकतापूर्वक राष्ट्रपति मुखर्जीको स्वागत गरिने कार्यक्रम रहेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button