७० हजार दर्शकले रामबजार महोत्सवको अवलोकन

पोखरा –

आऔ, खाऔ अनि रामबजार मै रमाऔ भन्ने मूल नाराका साथ रामबजार युथ क्लबले आयोजना गरेको चौथो रामबजार महोत्सव शनिवार
सकिएको छ।

रामबजारको पहिचान र विकासको मुख्य उदेश्यले कात्तिक ७ देखि कालिका उच्च माविको प्राङगणमा महोत्सव शुरु भएको थियो। महोत्सव ७० हजार दर्शकले अवलोकन गरेको महासचिव खगेन्द्र क्षत्रीले जानकारी दिए। महोत्सवमा सांस्कृतिक कार्यक्रम, बाल उद्यान मुख्य आकर्षण बनेको छ। महोत्सवमा तिहारका लागि आवश्यक लत्ताकपडा र सामाग्री किन्नेको समेत घुईचो लागेको थियो।

महोत्सव समापनमा बोल्दै गण्डकी अञ्चल प्रहरी कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक महेन्द्रप्रसाद पोखरेलले युवा जनशक्तिलाई देश विकासमा लगाउनु पर्नेमा जोड दिए। युवाहरु आफ्नै देशको सेवाका लागि जागरुक बन्नुपर्छ उनले भने – ‘त्यसो हुन सके मुलुकले विकासको गति लिनेछ।’ उनले स्थानीयस्तरमा आयोजना गरिएका मेला-महोत्सवले त्यसक्षेत्रको गरिमा र पहिचान बढाउन सकेको उल्लेख गरे।

आदर्श समाज दैनिकका कार्यकारी सम्पादक नवीन सिग्देलले युवालाई समाजप्रति जिम्मेबार बनाउन सक्नुपर्नेमा जोड दिए।

रामबजार युथ क्लबका अध्यक्ष कुमार थिङग तामाङले महोत्सवबाट भएको आम्दानीलाई दुरुपयोग हुन नदिने प्रतिवद्वता व्यत्त गरे। ४५ दिनभित्र रामबजारमा सोलार बत्ति जडान गर्छाै उनले भने – ‘हामी समाज सेवाका लागि प्रतिवद्व छौ।’

रामबजार युथ क्लबका अध्यक्ष कुमार थिङग तामाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सल्लाहाकार ज्ञानबहादुर थापाले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button