पोखराबाट दमौली जादै गरेको बसले ठक्कर दिदा स्कुटरमा सवार तीनजना घाइते

पोखरा-

तनहुँको जामुने–९ धऐरेमा बुधबार बसले स्कुटर चालकलाई ठक्कर दिँदा स्कुटरमा सवार तीनैजना घाइते भएका छन् ।

ठक्करबाट घाइते भएका व्यास नगरपालिका–११ की २२ वर्षीया ममता दुलाललाई तत्काल उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको र सोही ठाउँका स्कुटर चालक २५ वर्षीय भीम दुलाल र ममताका छोरा ३ वर्षीय अमन दुलालको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पोखराबाट दमौली आउँदै गरेको ना ५ ख ४०१८ नंको मिनीबसले विपरीत दिशाबाट जाँदै गरेको ग १ प ८८६६ नंको स्कुटरलाई उक्त ठाउँमा ठक्कर दिएको हो । बस चालकलाई थर्पु प्रहरी चौकीले नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ ।

 फाइल फोटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button