बाबियाचौर (म्याग्दी), १८ कात्तिक –
प्रवासीको सहयोगमा म्याग्दीको हिस्तान गाविसको घराम्दी निमाविमा पुस्तकालय स्थापना गरिएको छ ।
विद्यार्थीको पढाइप्रति रुचि बढाउने उद्देश्यले पुस्तकालय स्थापना गरिएको हो । पुस्तकालयमा पुस्तक खरिद र फर्निचर व्यवस्थापनका लागि प्रवासीबाट रु चार लाख ३० हजार नौ सय ७२ सहयोग प्राप्त भएको प्रधानाध्यापक तीर्थबहादुर पुनले बताउनुभयो ।
हाल बेलायतमा रहेका घराम्दीका बासिन्दाले पुस्तकालय स्थापनाका लागि सहयोग सङ्कलन गरेर पठाएका थिए । पुस्तकालयमा पाठ्यक्रम, साहित्य, बालसाहित्य, इतिहास, राजनीति, धर्मलगायत विधाका करिब एक हजार थान पुस्तक रहेका छन् ।
विद्यार्थीका अतिरिक्त गाउँका अभिभावक र युवायुवती पनि पुस्तकालयमा अध्ययनका लागि आउने गरेका छन् । सो विद्यालयले कम्प्युटर विषयका साथै अडियो र भिडियोको माध्यमबाट समेत पठनपाठन गराउन थालेको छ । कक्षा ८ सम्मको पढाइ हुने सो विद्यालयमा ५० जना विद्यार्थी रहेका छन् । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution