शुक्रबार पोखरामा मुखर्जीको सवारी बखत बैकल्पिक मार्ग प्रयोग गर्ने प्रहरीको आग्रह – यस्तो छ विकल्प

पोखरा  –
पोखरामा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीका बेला बैकल्पिक बाटो प्रयोग गर्नको लागी ट्राफिक प्रहरी कार्यालय कास्कीले अनुरोध गरेको छ ।

ट्राफिक प्रहरीले बिहिवार एक विज्ञप्ती जारी गर्दै पोखराको विरौटा, मुस्ताङ चोक, नागढुङ्गा , पृथ्बीचोक , चाइनापुल र बुद्धचोक आसपासका सडक मार्ग मुखर्जीको सवारीवाट अबरुद्ध हुने भन्दै उक्त मार्गको विकल्प खोज्न सर्वसाधारणलाई आग्रह गरेको छ । उक्त स्थानहरुमा शुक्रवार मध्यान्ह देखि अपरान्ह सम्म अन्य सवारी साधन आवतजावतमा रोक लगाइने प्रहरीले जनाएको छ ।

प्रहरीले पूर्व तर्फबाट आइ पर्वत तर्फ प्रस्थान गर्ने सवारीसाधन अमरसिंहचोक, रानीपौवा, महेन्द्रपुल, सिद्धार्थ चोक हुदै भूपिशेरचन राजमार्ग तथा पूर्व तर्फबाट आइ स्याङ्जा तर्फ प्रस्थान गर्ने सवारीसाधन अमरसिंहचोक, रानीपौवा, महेन्द्रपुल, न्युरोड सभागृहचोक, सिर्जनाचोक, रास्ट्रबैंक चोक, बिरौटा हुदै सिद्धार्थ राजमार्गको हुदै सवारी गर्न आग्रह गरेको छ । प्रहरीले पोखरा नगरक्षेत्रमा सञ्चालन हुने सवारीलाई पनि सोही वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button